किरात ज्योतिषविद् नेम्बाङको शालिक अनावरण हुँदै-kiratawaj

माङसेबुङ/किरात ज्योतिष शास्त्रका प्रकाण्ड विद्धान रन्धोज नेम्बाङको १०९ औं जन्मजयन्तीको अवसरमा पुस १९ गते शालिक अनावरण हुने भएको छ ।

श्री रन्धोज नेम्बाङ रङसाङ स्मृति प्रतिष्ठान दमक ३ दुम्से झापाको आयोजनामा विद्धान नेम्बाङको जन्मजयन्तीको अवसरमा उनको शालिक अनावरण गर्न लागिएको हो ।

Advertisement

 

शालिक अनावरणसँगै जीवनीपरक कृति मूल्याङकन ग्रन्थ लोकार्पण, सहयोगदाता सम्मान, साहित्य र ललितकला विधा स्रष्टा सम्मान तथा विविध कार्यक्रम हुने प्रतिष्ठानका अध्यक्ष दलबहादुर नेम्बाङद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अनुसार नेम्बाङ समाजसेवी, शिक्षाप्रेमी, मुन्धुमविद्, इतिहासको अध्येता, साहित्यप्रेमी, लिम्बू शब्दकोषकार, चित्रकार, मूर्तिकार, लिपि आविष्कारक, व्याकरणचार्य, अमाल प्रशासनका प्रणेता, प्रथम लिम्बू गद्य लेखक, कर्मकाण्डका प्रणेता, महागुरु फाल्गुनन्दका स्वकीय सचिव, बहुप्रतिभाका धनी एंवम किरात ज्योतिष शास्त्रका प्रतिवादक प्रकाण्ड विद्धान थिए ।


नेम्बाङको जन्म नारद नेम्बाङ र फिपरानी लाओतीको कोखबाट वि.स. १९७४ साल पुस १९ गते याम्बोङ २ पान्थरमा भएको थियो । भने विद्धान भाषा, लिपि प्रचारक, ज्योतिषविद् तथा समाजसेवी व्यक्तित्व रनधोज (रनसाङ) नेम्बाङको मृत्यु वि. स. २०१८ साल मंसिर २१ गते आफ्नै घरमा भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु