पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक डा. मधुराज केरुङ र याक्थुङ मुनचइत चोकसयङ अध्यक्ष सागर केरुङले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देनज्युलाई गुरु दर्शन भेट गर्नुभएको छ ।
आइतबार माङसेबुङ ५, लारुम्बा अवस्थित गुरु निजि आश्रमको दर्शनशालामा पुगेर सागर र मधुराज सम्बन्धले दाजुभाइले धर्मगुरुज्युलाई दर्शन भेट गर्नुभएको हो ।
Advertisement
केरुङले नेपाल संस्कृत विश्व विधालयबाट ” लिम्बू लोक पद्यमा रस विधान ” विषयमा केही महिना अघिमात्र संस्कृत विश्वविधालयबाट विधावारिधी हासिल गरेका केरुङ धर्मगुरुसंग दर्शन भेट र आशिर्वादको लागि माङसेबुङ आएको बताइएको छ ।





















