माङसेबुङ । इलामको माङसेबुङमा जारी छकिनटेन स्मृती कप पुरुष फुटबल प्रतियोगिता फाइनलमा सिङफेरे यूथ क्लब इलाम र द बुद्ध बिगिनी मिक्लाजुङ पाचँथरबिच प्रतिस्पर्धा हुदैछ ।
इलामको माङसेबुङ ५, अवस्थित आत्मानन्द रंगशालामा आज बुधबार सिङफेरे यूथ क्लब र मिक्लाजुङबिच प्रतिस्पर्धा हुने फाइनल खेल दिउसो २ः०० बजेबाट सञ्चालन हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिएका छन् ।
Advertisement
समाजिक,धार्मिक, सास्कृतिक रुपान्तरण निमित्त त्याग र बलिदान दिने व्यक्तित्वहरुलाई श्रद्धा एवं सम्मान गरौं भन्ने नाराको साथ किरात सहिदहरुको स्मृतिमा आयोजना गरिएको फुटबल प्रतियोगिताको मुख्य संयोजन नालीफूङवा संस्थापन समुह , किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भो रहेका छन् । भने, यूथ अफ माङसेबुङको सह आयोजना र आत्मा पवित्र हक्चात यक्चुमको मूख्य आयोजनामा पुस ६ गतेदेखि शुरु भएको खेलको विजेताले ट्रफीसहित नगद ५० हजार रुपैयाँ मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र पाउने छन् ।
किरात धर्म, भाषा ,लिपि र सस्कृतीको लागि दिलो ज्यान दिने पाँचजना किरात सहिदहरु स्व छत्र सावदेन इलाम स्व टेकबहादुर अन्छङ्बो, ताप्लेजुङ स्व रनधोज लाओती, पान्थर स्व कीर्तिमान एवाइ राई इलाम स्व नरप्रसाद लिङ्देन ताप्लेजुङ पाँच जनाको स्मृतिमा पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको हो । उनिहरुलाई तत्कालीन दशबर्षे दन्द्धकालमा माओवादीद्वारा मारिएको हो ।





















