झापा । किरात याक्थुङ् चुम्लुङ् झापा शाखालाई जग्गा र भवन प्रदान गर्नुहुने दाता स्व. नरेन्द्र बहादुर आङ्बुहाङ् र वहाँकी धर्मपत्नी कमलादेवी आङ्बुहाङको स्मृतिमा स्थापना गरिएको पुरस्कार याक्थुङ्÷लिम्बू भाषिक अभियन्ता खेलराज खेलराज योङहाङलाई पुरस्कृत गरिएको छ ।
आइतबार पुस ६ गते झापा चुम्लुङहिममा आयेजा गरिएको दाता स्व. नरेन्द्रबहादुर आङ्बुहाङको ९८ औं जन्म—जयन्ती समारोहमा योङहाङलाई स्व. नरेन्द्र बहादुर—कमलादेवी आङबुहाङ स्मृति साहित्य पुरस्कार २०८२ पुरस्कार राशी नगद ५ हजारसहित प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ सङघीय सदस्य मानुदिङ चन्द्रकला सुब्बा आङदेम्बेको हस्तबाहुलिबाट सम्मान पत्र प्रदान गरेको हो ।
Advertisement
पान्थर याङवरक ६ साविक नाघी—६ चित्तियक् पान्थरमा जन्म भई कचनकवल ७, झापामा कर्मथलो बनाई भाषिक अभियानमा लागेका भाषिक अभियन्ता खेलराज योङहाङले २०५२ सालमा लिम्बू नेपाली शब्दकोष प्रकाशन गरेका थिए भने २०५४ सालमा मुक्कुमबा इक्ला नामक याक्थुङ गीत सङगालो प्रकाशन गरेका छन् भने अन्य विभिन्न भाषिक र थरीय शब्दहरु सङकलन गरिहेका छन् ।
वि. स. १९ मा ताप्लेजुङ हाङपाङमा जन्मभएका स्व. नरेन्द्रबहादुर आङबुहाङ र वहाँकी परिवारजनले विर्तामोड नगरपालिका वडा न. १ सिरिजङगा चौकमा १ कट्ठा ७ धुरमा प्रदान गनर्रभएको जग्गामा एकतले घरसमेत त्रनाएर कार्यालय सञ्चालनको निमित्त वि.स. २०५७ सालमा प्रदान गर्नुभएको हो । उनै दाताको ९८ औं जन्मजयन्ती यसवर्ष ९८ वटा दीप प्रज्वलन गरी मनाइयो ।
समारोेहमा प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ्की सङ्घीय सदस्य मानुदिङ् चन्द्रकला सुब्बा आङदेम्बे, विशेष अतिथि राष्ट्रिय चुम्लुङ् सदस्य तुत्तु नरेन हाङ् लिम्बू, जिल्ला सल्लाहकारत्रय तुत्तु क्या. जगनध्वज वनेम, तुत्तु रमिानधोज लोक्ताम, तुत्तु योगचन्द्र आङबुहाङ, कियाचु भद्रपुर नगर अध्यक्ष मानुदिङ मुना यजम कन्दङ्वा लगायतका मनानुभावहरुले दाता नरेन्द्रबहादुर आङबुहाङको जीवनचर्चा गरेका थिए ।
कियाचु झापा अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष तुत्तु हस्तराज आङ्देम्बेले स्वागत मन्तव्य राखेका थिए भने सचिव भिममाया नेम्बाङले कार्यक्रम सञ्चालन गरेका थिए ।





















