महमाईलाई हराउँदै द बुद्ध बिगिनिङ मिक्लाजुङ पाँचथर सेमिफाइनलमा

माङ्सेबुङ । इलामको माङसेबुङमा जारी छ.कि.न.टे.न. स्मृती कप पुरुष  फुटबल प्रतियोगितामा  द बुद्ध बिगिनिङ मिक्लाजुङ पाँचथर सेमिफाइनलमा पुगेको हो ।

माङसेबुङ ५, आत्मानन्द रंगशालामा आज भएको दोस्रो खेलमा पलासे यूथ क्लब महमाईलाई २-१ गोल अन्तरले पराजित गर्दै  मिक्लाजुङले सेमिफाइनलको यात्रा सुनिस्चित गरेको हो ।

Advertisement

मिक्लाजुङको परु राइले २९ औ मिनेटमा एक  गोल गरे ।  त्यस्तै पलासे यूथ क्लब महमाईले एक गोल फर्काउदै खेललाई बराबरी बनाए । खेलको दोस्रो हाफको १७ औ मिनेटमा मिक्लाजुङका अतीत आलेले एक गोल फर्काउदै जित दिलाए ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ५० हजार रुपैयाँ मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २५ हजार  रुपैयाँ मेडल र प्रमाणपत्र पाउने छन् ।

फुटबल प्रतियोगिताको मुख्य संयोजन नालीफूङवा संस्थापन समुह , किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भो र सावदेन सयङ रहेको खेलको आयोजना आत्म – पबित्र हक्चात यक्चुम खेलकुद समितिले गरेको हो । फाइनल खेल पुस ९ गते हुनेछ ।

समाजिक,धार्मिक, सास्कृतिक रुपान्तरण निमित्त त्याग र बलिदान दिने व्यक्तित्वहरु स्व: छत्र सावदेन ( इलाम ) स्व: टेकबहादुर अन्छङ्बो,(ताप्लेजुङ) स्व: रनधोज लाओती,(पान्थर ) स्व: कीर्तिमान एवाइ राई (इलाम) स्व: नरप्रसाद लिङ्देन (ताप्लेजुङ ) पाँच जनाको स्मृतिमा पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

त्यस्तै किरात धर्म दर्शन , भाषा ,लिपि र सस्कृतीको लागि दिलो ज्यान दिने पाँच जना किरात शहिदहरु तत्कालीन दशबर्षे दन्दकालमा माओवादीद्वारा मारिएको हो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु