माङ्सेबुङ । इलामको माङसेबुङमा जारी छ.कि.न.टे.न. स्मृती कप पुरुष फुटबल प्रतियोगितामा सिङफेरे यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार आत्मानन्द रंगशालामा भएको खेलमा यूथ अफ माङसेबुङलाई ६-० फराकिलो गोल अन्तरले हराउँदै सिङफेरे यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
Advertisement
खेलमा सिङफेरेको जितमा प्रोसित योगिले चार गोल गरे । त्यस्तै माङसेबुङको खेल लयमा नफर्किदा दोस्रो हाफमा सिङफेरेका सुदिप लिम्बूले दुई गोल गरे ।
फुटबल प्रतियोगिताको उद्घाटन किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिं योङहाङले गरेका थिए।
समाजिक,धार्मिक, सास्कृतिक रुपान्तरण निमित्त त्याग र बलिदान दिने व्यक्तित्वहरुलाई श्रद्धा एवं सम्मान गरौं भन्नेनाराको साथ किरात शहिदहरुको स्मृतिमा फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा ८ टीमको सहभागितामा सिङफेरे यूथ क्लब , इलाम , यूथ अफ माङसेबुङ, मुजुरभिट्टा क्लब झापा, फुङनाम इस्पोर्टिङ क्लब , द बुद्ध बिगिनी मिक्लाजुङ , पलासे यूथ क्लब महमाई , नवदिप युवा क्लब मिक्लाजुङ, ठेवा खोला एफ सी माईनगर रहेको छ।
फुटबल प्रतियोगिताको मुख्य संयोजन नालीफूङवा संस्थापन समुह , किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भो र सावदेन सयङ रहेको खेलको आयोजना आत्म – पबित्र हक्चात यक्चुम खेलकुद समितिले गरेको हो । फाइनल खेल पुस ९ गते हुनेछ ।
विजेताले ट्रफीसहित नगद ५० हजार रुपैयाँ मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र पाउने छन् ।
समाजिक,धार्मिक, सास्कृतिक रुपान्तरण निमित्त त्याग र बलिदान दिने व्यक्तित्वहरु स्व: छत्र सावदेन ( इलाम ) स्व: टेकबहादुर अन्छङ्बो,(ताप्लेजुङ) स्व: रनधोज लाओती,(पान्थर ) स्व: कीर्तिमान एवाइ राई (इलाम) स्व: नरप्रसाद लिङ्देन (ताप्लेजुङ ) पाँच जनाको स्मृतिमा पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
त्यस्तै किरात धर्म, भाषा ,लिपि र सस्कृतीको लागि दिलो ज्यान दिने पाँच जना किरात शहिदहरु तत्कालीन दशबर्षे दन्दकालमा माओवादीद्वारा मारिएको हो ।
























