माङसेबुङ । इलामको माङसेबुङ ५, अवस्थित किरात सहिद स्व : छत्र सावदेनको २४ औ स्मृती दिवस कार्यक्रम आइतबार दीप प्रज्वलन गरि मनाइएको छ ।
किरात धर्म दर्शन , भाषा, लिपि , साहित्य प्रचारप्रसार गर्ने क्रममा तत्कालीन माओवादीद्वारा इलामको महमाई सहबिरे जंगलमा ०५९ पुस ६ गते हत्या गरिएका स्व छत्र सावदेनको स्मृतीमा किरात साम्यो नालीफूङ्वा मुजोत्लुङ पान्जुम्भोले केन्द्रीय कार्यालयमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरेका छन् ।
Advertisement

























