माङसेबुङमा छ.कि.न.टे.न. स्मृति पुरुष फुटबल प्रतियोगिता हुने

माङ्सेबुङ । इलामको माङसेबुङमा छ.कि.न.टे.न. स्मृती कप पुरुष  फुटबल प्रतियोगिता हुने भएको छ ।

माङसेबुङ ५ अवस्थित आत्मानन्द रंगशालामा  पुस ६ गतेदेखि ९ गतेसम्म खेल सञ्चालन हुनेछ ।

Advertisement

समाजिक,धार्मिक, सास्कृतिक रुपान्तरण निमित्त त्याग र बलिदान दिने व्यक्तित्वहरुलाई श्रद्धा एवं सम्मान गरौं  भन्नेनाराको साथ किरात शहिदहरुको स्मृतिमा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा  ८ टीम सहभागिता हुने आत्मा पवित्र हक्चात अध्यक्ष मनलुमार आङबुहाङले जानकारी दिए ।

प्रतियोगितामा सिङफेरे यूथ क्लब , इलाम , यूथ अफ माङसेबुङ, मुजुरभिट्टा क्लब झापा, फुङनाम इस्पोर्टिङ क्लब , द बुद्ध बिगिनी मिक्लाजुङ , पलासे यूथ क्लब महमाई , नवदिप युवा क्लब मिक्लाजुङ, ठेवा खोला एफ सी माईनगर रहेको छ।

फुटबल प्रतियोगिताको मुख्य संयोजन नालीफूङवा संस्थापन समुह , किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भो र सावदेन सयङ रहेको खेलको आयोजना आत्म – पबित्र हक्चात यक्चुम खेलकुद समितिले गरेको हो । फाइनल खेल पुस ९ गते हुनेछ ।

विजेताले  ट्रफीसहित नगद ५० हजार रुपैयाँ मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २५ हजार  रुपैयाँ मेडल र प्रमाणपत्र पाउने छन् ।

समाजिक,धार्मिक, सास्कृतिक रुपान्तरण निमित्त त्याग र बलिदान दिने व्यक्तित्वहरु स्व: छत्र सावदेन ( इलाम ) स्व: टेकबहादुर अन्छङ्बो,(ताप्लेजुङ) स्व: रनधोज लाओती,(पान्थर ) स्व: कीर्तिमान एवाइ राई (इलाम) स्व: नरप्रसाद लिङ्देन (ताप्लेजुङ ) पाँच जनाको स्मृतिमा पुरुष फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो

 

त्यस्तै किरात धर्म, भाषा ,लिपि र सस्कृतीको लागि दिलो ज्यान दिने पाँच जना किरात शहिदहरु तत्कालीन दशबर्षे दन्दकालमा माओवादी सशस्त्र समुहद्वारा मारिएको हो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु