माङसेबुङमा किरात धार्मिक प्रशिक्षण कार्यक्रम हुने

इलामको माङसेबुङ -५‚ गुरु निजि आश्रममा आगामी पुस १६,१७ र १८ गते  धार्मिक प्रशिक्षण हुने भएको छ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको आयोजनामा किरात धर्मदर्शन‚ किरात साम्जीक मुन्धुम र कर्मकाण्डबारे प्रशिक्षण हुने आयोजक समितिको अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिनुभयो।

Advertisement

प्रशिक्षण कार्यक्रममा किरात धर्मजन्य संघ संस्थाका पदाधिकारी तथा सदस्य‚ साङदाङगेन वरुमसाबा‚ माङसेवासाबा र सेवासामा र शाखा माङहिम सञ्चालक समितिका पदाधिकारीहरू सहभागी हुन पाउने जनाइएको छ।

कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनबाट आशीर्वचन पनि हुने छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु