माङसेबुङ । गायिका स्वस्तिका सावादेन लिम्बूको आवाजमा मर्मस्पर्शी गित ‘कस्तो माया लाए मैले’ सार्वजनिक गरिएको छ । गायक तथा सांगीतकार राज शुक्र लिम्बूको निर्देशनमा गित ‘कस्तो माया लाए मैले’ म्युजिक भिडियो मनोरञ्जन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
Advertisement
लक्षमण सावादेनको शव्द तथा राज शुक्र लिम्बूकै संगीत रहेको गितको संगीत संयोजन अशोक थापाले गरेका हुन् भने कव्या रेकर्डस्मा रकर्डिङ गरिएको हो । मुहा मगरको छायांकन तथा सम्पादन र अशोक मण्डलको मेकअप रहेको भिडियोमा प्रकाश सावादेन लिम्बू, मिना नेम्बाङ र अन्जिता राईको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस…






















