किरात साम्यो नालिफूङवा धनकुटा अध्यक्षमा अर्जुन खजुम

किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली छाता संगठन किरात साम्यो नालिफूङवा थुम पान्जुम्भो धनकुटामा अर्जुन खजुमको अध्यक्षतामा समिति गठन गरिएको छ । डा। शुक्र चेम्जोङको संयोजकत्वमा बुधबार धनकुटामा बसेको भेलाले खजुमको अध्यक्षतामा २६ सदस्यीय समिति चयन गरिएको हो ।

नव गठित उपाध्यक्षमा सो इच्छा थेगिम, सचिव पेलिहाङ थेगिम सहसचिव इन्द्र तुम्सा , कोषाध्यक्ष साजन तुम्सा सहकोषाध्यक्ष मिस्मा लिम्बू चयन भएका छन् ।

Advertisement

सदस्यहरुमा सुम्निमा लिम्बू ,निशुम लिम्बू ,प्रतीक लिम्बू ,कस्मिरा लिम्बू,प्रेम प्रकाश खजुम ,भक्त लिम्बू ,विक्रम थेगिम ,जिमिहाङमा चेम्जोङ ,नाम्सेहाङ माङलाक ,आकाश तिगेला ,अनिल तिगेला ,गोपिहाङ मुसाहाङ ,डम्बरहाङ तुम्सा ,आरोही खजुम ,सुवास थेगिम ,सोलोनी थेगिम ,विदेन चेम्जोङ ,ताङसाङ लिम्बू ,लोजिमाया सुहाङ ,सन्जोग लिम्बू रहेका छन् ।

कार्यक्रममा किरात साम्यो नालिफूङवा मुजोत्लुङ्ग पान्जुम्भो अध्यक्ष पृथीमान खालिङ कार्यवाहक सचिव लोकेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु