माङसेबुङमा किरात लिम्बु र नेपाली व्याकरणको तुलनात्मक अध्ययन अन्तरक्रिया कार्यक्रम सम्पन्न

माङसेबुङ । इलामको माङसेबुङमा किरात लिम्बू र नेपाली व्याकरणको तुलनात्मक अध्ययन  शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

माङसेबुङ ५ भालुटार स्थित सरस्वती माविको हलमा शनिबार किरात इत्नामको १५ औं शृङखला कार्यक्रममा लेखक साम्जिरि सेर्माले किरात लिम्बु र नेपाली व्याकरणको तुलनात्मक अध्यनन शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Advertisement

माङसेबुङ टिभी, किरात चोत्लुङ मिडिया प्रालि, किरात आवाज डटकम, इङघङ, माङसेबुङ आवाज र इङघङ डटकम मिडियाद्वारा आयोजित १५ औं शृङखला कार्यक्रममा तुम्याहाङको रुपमा किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका पूर्व सचिव नन्दकुमार नेम्वाङ ( गाउँलेजी ) रहेका थिए ।

यसैगरी कार्यक्रममा साहित्यकार साङजोत्लुङ आङदेम्बे,लेखक नरेन्द्र थेगिम, किरात साम्जिक मुन्धुम निसामहिम तुमसिकसाम्बा ललित चन्द्र फियाक, किरात युक्सिङ निसामहिम व्यवस्थापन समिती अध्यक्ष मदन इङनाम , आङबुहाङ अवोध अविरल , सञ्चारकर्मी धनबहादुर फागो,रामप्रसाद आङबुहाङ, साङदाङगेनवरुमसाबा पदम आङदेम्बे, किरात हाङसाम मुजोत्लुङ माङ्हिम सह प्रमुख माङसेवासाबा देवराज आङदेम्बे, धड्कन सम्बाहाम्फे , सीमा राई सेर्मा लगायतको उपस्थिति रहेको थियो ।

हरेक महिना विभिन्न विषय अन्तर्गत रहेर कार्यक्रमको आयोजना गदै आइरहेकोमा यसअघि किरात इत्नामको १४ औ शृङ्खला असार २८ मा रंगकर्मी वनेम विक्रम फागोले किरात सभ्यतामा मौलिक परिधान शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

विभिन्न व्यक्तित्वहरुको विचार, विमर्श, ज्ञान र अनुभवहरु व्यक्त गर्ने साझा कार्यक्रम किरात इत्नामको साउन शृङ्खलाको प्रायोजन   गायक तथा संगीतकार छत्र साउदेन रु ५ हजार रुपैयाँ  किरात हक्चात यक्चुमका सचिव  सरिता राई रु ३ हजार रुपैयाँ  किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भो कोषाध्यक्ष प्रकाश साउदेन रु १५ सय रुपैयाँ र किरात साम्यो नालिफूङ्वा मुजोत्लुङ पान्जुम्भो पूर्व अध्यक्ष दीपक तिगेलाले रु ४ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु