माङसेबुङ ६ का ११० अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा वितरण

माङसेबुङ :  माङसेबुङ गाउँपालिका-६ का ११० अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा  वितरण गरिएको छ ।

आइतबार माङमालुङमा आयोजित कार्यक्रममा  ११० जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र  अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा  वितरण गरिएको हो ।

Advertisement

प्रदेश नम्बर १  आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले लालपुर्जा हस्तान्तरण गरेर लालपुर्जा वितरण कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे  ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईहित, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा आयोगले माङमालुङ पुगेर भूमिहीनलाई लालपुर्जा वितरण गरेको हो ।

माङसेबुङ गाउँपालिकामा दुई हजार पाँच सय ३६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिएकोमा एक सय १० जनाको निर्णय भएर आइतबार लालपुर्जा पाएका छन् । बाँकी ७८ जनाको पनि क्रमिक रुपमा नियम अनुसार नै लालपुर्जा वितरण गरिने उनले बताए ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन भूमि समस्या समाधान आयोगसँगको समन्वयमा काम गरिरहेको बताए । उनले भने, ‘सबैको सहयोगमा कामले तीव्रता पाएको छ । अहिले वडा नं. ६ मा वितरण गरिएको छ । अन्य वडामा पनि क्रमिक रुपमा धनीपुर्जा वितरण गरिनेछ ।’

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु