इलामको माङसेबुङमा किरात धार्मिक पर्व विशेष सत्य धर्म मुचुल्का र समाज सुधार शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विहिबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती माविको हलमा किरात इत्नामको बाह्रों शृङखला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा फाल्गुनन्द दर्शन अध्येता आङबुहाङ अवोध अविरलले किरात धार्मिक पर्व विशेष सत्य धर्म मुचुल्का र समाज सुधार शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
Advertisement
किरात कम्युनिटि अर्गनाइजेशन अफ अमेरिकाले प्रायोजन गरेको बाह्रौं शृङखला कार्यक्रममा तुम्याहाङको रुपमा किरात किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङ रहेका थिए ।
हरेक महिना विभिन्न विषय अन्तर्गत रहेर कार्यक्रमको आयोजना गदै आइरहेकोमा यसअघि किरात इत्नामको एघारौं शृङ्खला कार्यक्रम अन्तरगत गत फागुन २९ मा सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात साम्जिक मुन्धुम निसामहिमका तुमसिकसाम्बाा ललितचन्द्र फियाकले किरात धार्मिक पर्व कुसङ तङबे चैत नै किन ? शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
किरात मल्टिमिडिया, किरात चोत्लुङ मिडिया प्रालि, किरात आवाज डटकम र इङघङ माङसेबुङ आवाज र इङघङ डटकम मिडियाद्वारा आयोजित कार्यक्रम विभिन्न व्यक्तित्वहरुको विचार, विमर्श, ज्ञान र अनुभवहरु व्यक्त गर्ने साझा कार्यक्रम रहेको छ ।