तेह्रथुम । तेह्रथुमको मेयङलुङ नगरपालिका १ मा रहेको येग्गेडाडामा किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमको भवन पूर्व शहरी विकास मन्त्री सीता गुरूङले उद्धघाटन गर्नुभएको छ । कार्यक्रम प्रमुख अतिथि गुरूङले संघको भवन उद्धघाटन गर्नुभएको हो ।
सघन शहरी तथा भवन निर्माण आयोजना २०८०/०८१ सालको योजनामा कुल बजेट ५० लाखको १९ प्रतिशतको बिलोमा काठमाण्डौमा रहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीले ठेक्का पाएको थियो । ठेक्का पाए लगातै २०८० साल चैत्र १४ गतेबाट काम सुरू गरि उक्त योजना २०८१ सालको जेठ ३२ गते सम्ममा काम सम्पन्न भएको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीका प्रोजेक्ट म्यानेजर सुबाश बाबु मगर बताउनु भयो ।
Advertisement
१९८५ सालमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनले सात दिन सात राती होमादी गर्नुभएको पबित्र ठाउँमा उक्त भवन बनेको किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमको साहित्यिक समितिको अध्यक्ष साम थाम्देनले बताउनु भयो ।
भवन नहुदा उत्थान संघलाई बैठक बस्न र कार्यक्रमहरु संन्चालन गर्न समस्या भएको किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमका कोषाध्यक्ष रेवत साउदेनले बताउनु भयो । भवन निर्मारणका लागी शहरी बिकास मन्त्रालयबाट ५० लाख बिनियोजीत भएपछि भवनको काम सम्पन्न भई आज एक कार्यक्रमको बिच शहरी बिकास मन्त्रालयले मेयङलुङ नगरपालिकालाई र मेयङलुङ नगरपालिकाको प्रमुख सन्जय कुमार तुम्बाहाङफेले संस्थालाई हस्तान्तरण गरिएको किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष राजकुमार तेयुङले भवन सम्पन्न भएपछि किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमले बिभिन्न कार्यक्रम तथा बैठक सन्चालनमा सहजता हुने जनाएको छ ।