दुधे झापाले जित्यो आत्मानन्द गोल्डकपको उपाधी

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा उपाधि दुधे युथ क्लब, झापाले पहिलो पटक चुमेको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार भएको फाइनल खेलमा तिजोक युवा क्लव, पाँचथरलाई ३–१ गोल अन्तरले पराजित गर्दै दुधे झापाले १७औं संस्करणको आत्मानन्द गोल्ड कपको उपाधि चुमेको हो ।

Advertisement

यो सँगै आत्मानन्द गोल्ड कपले नयाँ च्याम्पियन पाएको छ ।

दुधे झापाको जितमा निकेश श्रेष्ठ, मनिस लिम्बू र राजेश दाहालले समान एक गोल गरे । तिजोक पाँचथरका लागि भने निरज लिङदेनले एक मात्र गोल फर्काए ।

पहिलो हाफमा खेलको २६ औं मिनेटमा निकेश श्रेष्ठको गोलमा दुधे झापाले सुरुवाती अग्रता दिलाए । उनले फ्रिकिकमार्फत गोल गरे । त्यसपछि दोस्रो हाफमा खेलको ४६औं मिनेटमा निरज लिङदेनले गोल गर्दै तिजोक पाँचथरलाई बराबरीमा फर्काए ।

 

तर, खेलको ५५औं मिनेटमा दुधेका मनिस लिम्बूले गोल गर्दै दुधेलाई २–१ को अग्रता दिलाए । उनले किपर र डिफेन्डरको मिस क्यालकुलेशनलाई सदुपयोग गर्दै जाली चुमाए । त्यसपछि खेलको ६२ औं मिनेटमा राजेश दहालले गोल गर्दै ३–१ को जित दिलाए ।

बिजेत बनेसँगै दुधे झापाले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । यता उपबिजेतामा चित्त बुझाएको तिजोकले पाँचथरले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिता मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा महासमारोह समितिको आयोजनामा आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु