माङसेबुङ । विश्व शान्ती तथा मानव एकताको निमित्त किरात सावायेहाङ साक्मुरा वादेम्मा येत लाधुङसेमी सेवा सम्पन्न भएको छ।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० माइधारस्थित किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोकोे आयोजनामा विश्व शान्ती तथा मानव एकता चराचर सृष्टि रक्षार्थको निमित्त बुधबार कातिक २८ गते साक्मुरा वादेम्मा सेवा सम्पन्न भएको थियो । त्यस्तै विहिबार कातिक २९ गते किरात खिजोत्लुङ माङहिममा येत लाधुङसेमी सेवा सम्पन्न गरिएको हो।
Advertisement
लाओती सयङ मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष शेरबहादुर लाओतीले दिपप्रज्वलन गर्दै सेवाको सुरुवात गरिएको थियो।
सेवामा माङसेवासाबाहरु राम प्रसाद शेर्मा किराती कान्छा ,पुर्ण शेर्मा, राज बहादुर केरुङ, बुद्ध नेम्वाङ, मनिहाङ साङसोहाङ ,याम बहादुर साम्बा ,पृथ्वी बहादुर इधिङ्गो राजेस योङ्या ,मनवीर लिङ्देन ,वीर बहादुर माबोहाङ ,अमृत आङबोहाङ रहेको थियो ।
सेवामा गुरु नीजि आश्रम अर्थ समितिका अध्यक्ष तारावीर नेम्वाङ , उपाध्यक्ष अशोक सबेन्हाङ, महासचिव चतुरसिं वालिङ ,किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय सदस्य सुकमाया लुङफुङवा, किरात धर्म तथा साहित्य उत्थान संघ झापा जिल्ला अध्यक्ष लक्ष्मी योङहाङ , माइधारस्थित किरात खिजोत्लुङ माङहिम अध्यक्ष भवानी विक्रम सेलिङ लगायत धार्मिक संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको सेवामा विभिन्न जिल्ला मोरङ,झापा , पान्थर, सुनसरी र इलाम लगायतका किरात धर्मावलम्बीहरुको बाक्लो सहभागीता रहेको थियो ।