माइखोलाामा किरात सावायेहाङ साक्मुरा वादेम्मा सेवा

माइधार । झापाको माइधारस्थित माइखोलाामा किरात सावायेहाङ साक्मुरा वादेम्मा सेवा बुधबार सम्पन्न भएको छ ।

बिश्वशान्ती तथा मानव एकता चराचर सृष्टि रक्षार्थ विश्वभर छरिएर रहेका सावायेहाङ किरातीहरुको आप्लुङ्गेन ताङ्सेपको निमित्त गरिएको सेवाको पहिलो चरण अन्तर्गत कातिक २८ गते साक्मुरा वादेम्मा सेवा सम्पन्न भएको हो ।

Advertisement

यसैगरि कातिक २९ गते विहिबार झापाको माइधारस्थित किरात खिजोत्लुङ माङहिममा येत लाधुङसेमी सेवा हुनेछ । सेवा समापन पछि माङप्रसाद जलपान ग्रहणको लागि धार्मिक संघसस्थाहरुलाई माङप्रसादको लागि निम्तो गरिएको किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष दुध बहादुर लाओतीले जानकारी दिए । त्यस्तै गुरु दर्शन कातिक ३० गते शुक्रबार निजि गुरुआश्रममा गरिने समेत लाओतीले बताएका छन् ।

बिश्वशान्ती तथा मानव एकताको कामनार्थ गरिएको किरात सावायेहाङ साक्मुरा वादेम्मा येत लाधसङसेमी सेवा किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोको आयोेजनामा गरिएकोे छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु