इलाम । इलामको सन्दकपुर गाउँपालिका ४ माबुमा निर्माण गरिएको किरात फाआप मिङसो माङहिम उद्धघाटन तथा समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन ज्यूको पूर्ण कदको सालिक अनावरण गरिएको छ ।
आइतबार महागुरु फाल्गुनन्द लिङ्देन ज्यूको १४० औं जन्मजयन्तीको अवसरमा माबु हाङमादेनमा आयोजित कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देनज्यूहरुको माङसवारीमा अङसीमाङ र अङसीमामाङको हस्तबाहुलीबाट माङहिम साथै सालिक अनावरण गर्नुभएको हो ।
Advertisement
कार्यक्रम प्रमुख अतिथि नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले महागुरु फाल्गुनन्द १४० औ जन्मजयन्ती मूलसमारोह कार्यक्रमको महादिप प्रज्वलन गरि समुद्धघाटन गरेका थिए। कोशी प्रदेश सरकारको छ लाख र भक्तजनहरुबाट भेटी सङ्कलन गरी ४५ लाख बढीको लागतमा सालिक निर्माण गरिएको निर्माण समिति सचिव बिबीहाङ साउदेनले जानकारी दिए ।
इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं. २ साविक इभाङ गा.वि.स वडा न. ५ डाँडागाउँ चुक्चीनाम्बामा बुबा जगुनबाज लिङ्देन र आमा हंसमति वेघा लिम्बुको कोखबाट साइला सुपुत्रको रुपमा वि.स. १९४२ साल कातिक २५ गते आइतबार शुक्लपक्ष द्धितिया तिथि अनुराधा नक्षत्रमा राती मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको जन्म भएको थियो ।
महागुरु फाल्गुनन्द लिङ्देनलाई नेपाल सरकारले समेत सम्मान गरेको छ । विंस २०६६ साल मसिर १६ गते १६ औँ राष्ट्रिय विभूतिकोरुपमा महागुरु फाल्गुनन्द लिङ्देनलाई तत्कालिन नेकपा एमालेको सरकार रहेको बेला सबिधानसभाको अध्यक्ष सुवासचन्द्र नेम्वाङको विषेश पहलमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले फाल्गुनन्दलाई राष्ट्रको लागि योगदान पुयाएकोमा उच्च सम्मानकासाथ राष्ट्रिय विभूति घोषणा गरिएको हो । विं स २०५० , १९९३ मा नेपाल सरकारले महागुरु फाल्गुनन्दको सम्मानमा वहाँको नाममा रु १५ रुपँयाको हुलाक टिकट समेत सार्वजनिक गरेको छ । यसैगरि महागुरुको फाल्गुनन्दको नाममा नेपाली पाठ्यक्रममा सक्षिप्त जीवनी समेत प्रकाशन गरेका छन् ।
महागुरु फाल्गुनन्दलाई सत्य, शान्ति, अहिंसाको संबाहकको रुपमा किरात धर्मावलम्बीहरुले मान्ने र पुज्ने गरेका छन् ।मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्दको १४० औं जन्मजयतीको अवसरमा कातिक २२ गते साक्मुरा वादेम्मा गरिएको र २४ गते शनिबार किरात फाआप माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
समारोहमा किरात सामयो साक्थिम्गेन पान्जुम्भोका केन्द्रीय कलाकारहरुबाट स्वागत नृत्य प्रस्तुत गरिएको थियो । त्यस्तै अङसीमाङ अङसीमामाङ ज्यहरुलाई मिक्तोक वितरण , संस्थागत धन्यवाद पत्र वितरण गरिएको थियो । कार्यक्रम मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्मजयन्ती समारोह मूल आयोजक समितिका अध्यक्ष धनप्रसाद सावादेनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वगत मन्तव्य किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम र सञ्चालन समारोह सचिव विविहाङ सावादेनले गरेका थिए ।
कार्यक्रम मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्मजयन्ती समारोह मूल आयोजक समितिका अध्यक्ष धनप्रसाद सावादेनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वगत मन्तव्य किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम र सञ्चालन समारोह सचिव विविहाङ सावादेनले गरेका थिए ।