लब्रेकुटीमा फाल्गुनन्द जन्मजयन्तीको अवसरमा हाफ म्याराथन प्रतियोगिता हुँदै

पाँचथर। किरात धर्म दर्शनदाता, महान समाज सुधारक,राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन ज्यूको १४० औँ जन्मजयन्तीको अवसरमा कात्तिक २५ गते आइतबार फिदिम नगरपालिका–५ महागुरु फाल्गुनन्दको पावन कर्मभूमी लव्रेकुटीमा जन्मजयन्ती समारोह साथै हाफ म्याराथन प्रतियोगिता हुने भएको छ।

किरात धर्म तथा साहित्य उत्थान संघ पान्थर र किरात साङ्सेन वरक चोत्लुङ माङ्हिम लब्रेकुटीको संयुक्त आयोजनामा लब्रेकुटीमा पूजा सँगै जन्मजयन्ती समारोह हुने भएको हो। लब्रेकुटीमा वर्षेनी फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएकोले यस वर्ष विविध कार्यक्रम सहित जन्मजयन्ती मनाउन लागिएको किरात धर्म तथा साहित्य उत्थान संघ, पान्थरका अध्यक्ष ध्रुव तुम्बापोले बताए।

Advertisement

कार्यक्रममा महागुरु फाल्गुनन्दसँग सम्बन्धीत विभिन्न दुर्लभ वस्तुहरुको दर्शन, पुस्तक विमोचन तथा शुभकामना आदान–प्रदान र दीप प्रज्ज्वलन गरिने किरात साङ्सेन वरक चोत्लुङ माङ्हिमका सचिव सुवास तुम्बापो ‘काङसोरे’ले जानकारी दिए।

त्यस्तै १४० औँ महागुरु फाल्गुनन्द जन्मजयन्तीको अवसरमा खुल्ला पूरुष तथा महिला हाफ म्याराथन प्रतियोगिता पनि हुने भएको छ। प्रतियोगिता कार्तिक २५ गते बिहान ९ बजे सुरु हुनेछ । पूरुषतर्फ २१ किलोमिटर र महिलातर्फ ५ किलोमिटर म्याराथन हुने एथलेटिक्स संघ पाँचथरका अध्यक्ष पुर्णहाङ तुम्बापोले बताए।

प्रतियोगितामा पूरुषतर्फको प्रथम, द्वितीय र त्रितीय हुनेले त्रमशः नगद रु ३० हजार, नगद रु२० हजार र नगद रु १० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै गर्दा महिलातर्फको प्रथम हुनेले नगद रु।१० हजार, द्वितीयले नगद रु।पाँच हजार र त्रितीयले नगद रु।तीन हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु