फाल्गुनन्द कप : चतुरे भेट्रान्स र बेङडाँडा एफ.सी. विजयी

माङसेबुङ । इलामको माङसेबुङमा जारि दोस्रो महागुरु फाल्गुनन्द कप फुटबल प्रतियोगितामा चतुरे भेट्रान्स विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

बुधबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा आयोजकलाई टाईब्रेकरमा २–० गोल अन्तरले पराजित गर्दै चतुरे भेट्रान्स दोस्रो चरणमा प्रवेश गरेको हो ।

Advertisement

निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा चतुरेका लागि सन्तोष लिम्बू, रोमन लावतीले गोल गर्दा महेश काफ्लेको प्रहार आयोजकका गोल रक्षकले बचाएको थियो ।

आयोजकका सुुयोग लिम्बू, पेहाङ लिम्बू, आयुस लिम्बू र युवाहाङ लिम्बूको प्रहार वाहिरिएको थियो । यसअघि सन्तोष लिम्बूको गोलमा चतुरेले अग्रता बनाएको थियो । तर, अन्जान लिम्बूको गोलमा बरबरी गर्दै आयोजक खेलमा फर्किएको थियो । पहिलो खेलको मेन अफ दी म्याच चतुरेका रोमन लावती घोषित भए ।

 

 

 

दोस्रो खेलमा ब्रदर्श युनाईटेड एफ.सी.लाई २–० गोल अन्तरले हराउँदै बेङडाँडा एफ.सी. दुधे दोस्रो चरणमा प्रवेश गरेको छ । दुधेको जितमा रोजिन कार्की, सेमियोल तामाङले एक एक गोल गरे । दोस्रो खेलको मेन अफ दी म्याच ब्रदर्श युनाईटेड एफ.सी.का सनम मगर घोषित भए

 

प्रतियोगितामा भोलि(बिहिबार)बाट दोस्रो चरणका खेलहरु सुरु हुनेछ । भोलि अपरान्ह १ बजे एम.आर.सी. एफ.सी. र चतरे भेट्रान्सविच प्रतिस्पर्धा हुने र दिउँसो ३ बजे सिङफेरे एफ.सी. र बेङडाँडा एफ.सी. दुधेविच हुने खेलकुद प्रतियोगिताका आयोजक युथ अफ माङसेबुङका अध्यक्ष विवेक वनेम फागोले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् । उपविजेताले टिमले नगद २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु