महागुरु फाल्गुनन्दको प्रतिमा स्थापना कहाँ कहाँ गरिएको छ

किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन ज्यूको प्रतिमा स्थापना बर्षेनी बढ्दोक्रममा रहेको छ । फाल्गुनन्दको प्रतिमा संस्थागत रुपमा सबै भन्दा पहिले झापाको दमकमा र इलामको माङसेबुङस्थित भञ्ज्याङमा वि.स २०६१ कार्तिक २५ गते महागुरु फाल्गुनन्दको १२० औं जन्मजयन्ती कार्यक्रममा प्रतिमा स्थापना भएको थियो ।

बर्षेनी महागुरु फाल्गुनन्दको प्रतिमा निर्माण गर्ने कार्य बढ्दो क्रममा रहेको छ । यसैक्रममा हाल सम्म संस्थागत र व्यक्तिगत तवरमा महागुरु फाल्गुनन्दको प्रतिमा निर्माण पश्चात स्थापना गरिएका स्थलहरुको सुचि यस्तो रहेको छ ।

Advertisement

इलाम
माङसेबुङ स्थित भञ्ज्याङबाट मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्दको प्रतिमा निर्माण कार्य सुरुवात गरिएको हो त्यसपछि फाकफोकथुम रुपाटार माङहिम, सन्दकपुर ४, मावु, हाङमादेनस्थित किरात फाआप मिङसो माङहिम, माइ नगरपालिकास्थित दानाबारी शुक्रबारे वजार र देउमाई नगरपालिकास्थित जितपुर माङहिममा स्थापना गरिएको छ ।

पान्थर
पान्थरमा महागुरुकै कर्मभूमि फेदेन नगरपालिका स्थित चोकमागु लब्रेकुटीमा महागुरुको प्रतिमा निर्माण गरिएको छ । यसैगरी फिदिम नगरपालिकास्थित नाम्भुनयक सिलौटी, मिक्लाजुङ गाउँपालिका ५, कुरुम्बास्थित किरात हाङसाम थोक्फेत्चङमा माङहिम, मिक्लाजुङ ४, स्थित रबि बजार, तुम्बेवा, फिदिम नगरपालिका स्थित फिदिम बजार शनिबारे र गढीमा समेत महागुरुको प्रतिमा स्थापना गरिएको छ । यस्तै फाल्गुनन्द गाउँपालिका चिलिङदेन र आङसाराङ साथै मिक्लाजुङ र माङसेबुङको संगम स्थल तिनचुले अक्करे र कुम्मायक यासकबजारमा पनि प्रतिमा स्थापना गरिएको छ ।

ताप्लेजुङ
ताप्लेजुङको धार्मिक तीर्थस्थल मुक्कुम्लुङमा पनि वहाँको प्रतिमा स्थापना गरिएको छ । यस्तै फुङलिङ बजार तोक्मेडाँडा १३८ औं जन्मजयन्तीको अवसरमा ताप्लेजुङको फुङलिङ बजारमा स्थापना गरिएको महागुरु फाल्गुनन्दको शालिक मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले अनावरण गर्नु भएको थियो । फक्ताङलुङ गा। पा। ६, साविक लेलेप १, साँगुस्थित तागेरा निङवाभू कोपियक माङहिममा र फक्ताङलुङ गाउँपालिकाकै खेजेनिम, मेरिङदेन सान्थाक्रा, आठराईत्रिवेणीको निगुरादेनस्थित चिलिङसे माङहिम र सिदिङबा गाउँपलिकाको कावेली माङहिममा प्रतिमा स्थापना गरिएको छ ।

झापा
झापाको दमक नगरपालिका १, फाल्गुनन्द चोक, दमककै बेल्डाँगी, अर्जुनधाराको खुदुनाबारी चौक र सालबारीमा पनि महागुरुको प्रतिमा स्थापना गरिएको छ । यस्तै बुद्ध शान्ति गाउँपालिकास्थित शान्तिनगर र हल्दीबारीमा प्रतिमा स्थापना गरिएको छ । यसैगरी महागुरु फाल्गुनन्दको प्रतिमा स्थापना गर्ने क्रममा यस वर्ष १३९ औं जन्मजयन्तीको अवसरमा झापाको शिवसताक्षी नगरपालिका ९ चिल्लागढमा स्थापना गरिएको महागुरु फाल्गुनन्दको शालिक मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनबाट अनावरण गर्नाुभएको थियो ।

मोरङ
मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका टाँडीमा अवस्थित माङहिममा पनि फाल्गुनन्दको प्रतिमा स्थापना भएको छ । यस्तै लेटाङ नगरपालिकास्थित लेटाङ माङहिम, केराबारी गाउँपालिका ७, मुगुस्थित माङहिममा वि।स। २०७८ साल कातिक २५ गते महागुरुको १३७ औं जन्मजयन्तीको अवसरमा एकै दिन मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनबाट अनावरण गर्नाुभएको थियो । केरबारी गाउँपालिका १, पाटीगाउँमा पनि प्रतिमा स्थापना गरिएको छ ।

सुनसरी
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका भरौल माङहिममा वि।स। २०७८ साल कातिक २५ गते महागुरुको १३७ औं जन्मजयन्तीको अवसरमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनबाट अनावरण गर्नाुभएको थियो । यस्तै धरान १९ स्थित बालक चौकमा पनि प्रतिमा स्थापना गरिएको छ ।

धनकुटा
धनकुटा जिल्लाको साँगुरीगढी, डाँडाबजार, चौविसे गाउँपलिकाको राजारानी माङहिम र चौविसे गाउँपालिकाकै बसन्तटारमा पनि महागुरु फाल्गुनन्दको प्रतिमा स्थापना गरिएको छ ।

तेह्रथुम
तेह्रथुमको आठराई गाउँपािलकास्थित संक्राती बजारमा महागुरु फाल्गुनन्दको प्रतिमा स्थापना गरि मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनबाट अनावरण गर्नाुभएको थियो । यस्तै फेदाप गाउँपालिकास्थित सिम्ले र मेयङलुङ बजारस्थित कुटीडाँडामा समेत महागुरु फाल्गुनन्दको प्रतिमा स्थापना गरिएको छ ।
यसैगरी तेह्रथुमको फेदाप गाउँपालिकास्थित सिम्ले र मेयङलुङ बजारस्थित कुटीडाँडा, ताप्लेजुङको फक्ताङलुङ गा। पा। ६, साविक लेलेप १, साँगुस्थित तागेरा निङवाभू कोपियक माङहिममा र फक्ताङलुङ गाउँपालिकाकै खेजेनिममा स्थापना गरिएको प्रतिमा ९शालिक०हरु अनावरण हुन बाँकी रहेका छन् । यस्तै धनकुटाको चौविसे गाउँपलिकाको राजारानी माङहिम, चौविसे गाउँपालिकाकै बसन्तटार, पान्थरको फाल्गुनन्द गाउँपालिका चिलिङदेन, इलामको देउमाई नगरपालिकास्थित जितपुर माङहिम, माइ नगरपालिकास्थित दानाबारी शुक्रबारे वजार, फाकफोकथुम रुपाटार माङहिम र झापाको हल्दीबारीमा स्थापना गरिएको प्रतिमा ९शालिक०हरु समेत अनावरण हुन बाँकी रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु