मुन्धुममा मानव उत्पत्ति र साप्पोक चोमेन सेवा

मानिसको अङ्ग रक्षाका लागि गरिने कर्महरूमध्ये सबैभन्दा पहिले साप्पोक चोमेन सेवा गरिन्छ । यस सेवामा वगङमा, पक्चानामा, कुदापमाङ, खनजःमा र पुङसाम, युमा, हिम्माङ र थेबाको सेवा गरिन्छ ।

किरात जाति नेपालका प्राचिन जाति हुन् । तिनै किरातका पवित्र धर्मग्रन्थ मुन्धुमअनुसार मुनातेम्बेमा तागेरा निङवाभूमाङले र्सवप्रथम मानव सृष्टि गरेे ।

Advertisement
तेजबहादुर थङलङ

त्यो पहिलो मानव मुजिना खेयङना नामक महिला थिइन् । मुजिना खेयङनाको सृष्टिभन्दा पहिले पृथ्वीमा देवता र दानव मात्र थिए । मुजिना खेयङना बिस्तारै तरुनी हु“दै गइन् । जवानीले छोएकाले उनलाई जीवनमा केही कुराको अभाव भएको महसुस हुन थाल्यो । एक्लो भएको महसुस हुन थाल्यो । मनभरि विरह मडारिएकाले उनलाई कहिले गीत गाऔं त कहिले हा“सिरहु“जस्तो हुन थाल्यो । त्यसैले उनी कहिले सुसेली हाल्दै गीत गाउ“थी त कहिले पात बजाउ“थिन् । दिनचर्या यसरी नै बित्न थाल्यो ।

एक दिन पर्ूवतिर जा“दा एउटा बाँङ्गो रुख भेटिन् । र, त्यस रुखमा चढेर सुइसुइला खेल्दै  हात र खुट्टा नचाउन थालिन् । त्यो बेला मन्दगतिमा चलिरहेको वतासले उनको अंगअंगमा स्पर्षगर्‍यो । जसले उनलाई आनन्द अनुभूति गरायो । अचम्मको घटना ! त्यो वतासमा त सुसुवेङ लालावेङ केजङगेन सरित -पतिदेव) लीन भई बगेको रहेछ । त्यही वतासको स्पर्षे मुजिना खेयङना गर्भवती हुन पुगिन् । र, युक्पुङगेन सावानगेम्बा नामक शिशुका जन्म भयो । युक्पुङगेन साँवानगेम्बा तन्नेरी हुँदै गएपछि उनी कहिले उत्तरका पर्वत त कहिले दक्षिणी मैदानी भू-भागतिर डुल्न थाले । यसरी उत्तरतिर जा“दा फियामलुङमा नामक सुन्दरी युवतीस“ग उनको भेट भयो । यही क्रममा उनीहरू विवाह बन्धनमा बा“धिए । उनीहरूको स्वयम्भुहाङ नामक छोरा भयो । सुत्केरी फियामलुङमाको स्याहारसुसारका लागि युक्पुङगेन सावानगेम्बा महिलाको खोजीमा पश्चिमतिर जा“दा दानवकी चेली सुसारीमा भन्ने केटी फेला पर्‍यो । उनले आफ्ना वेदना सुनाउ“दै सुसारीमालाई सहयोग गर्न अनुरोध गरे । सुसारिमाले अनुरोध स्वीकारिन् । सुसारिमाले फियामलुङमालाई स्याहारसुसार गर्ने क्रममा युक्पुङगेन सावानगेम्बा र सुसारीमाबीच प्रेम झा“गिन   थाल्यो । र, उनीहरूले विवाह गरे । सुसारीमापट्ट िपनि साङदाङखेवा नामक शिशुको जन्म भयो ।
युक्पुङगेन साँवानगेम्बा आफ्ना कुकुरहरू लिएर केही समयपछि श्रीमतीहरूलाई बच्चाहरूको राम्रो हेरचार गर्ने सल्लाह दिएर दक्षिणी भू-भागतिर लागे । त्यहाँ घुम्नेडुल्ने क्रममा उनले एक दिन तान बुनिरहेकी सुन्दरी मुगुप्लुङमा देखे । उनीहरूबीच कुराकानी भयो । यही क्रममा रात पर्‍यो । त्यसैले उनीहरूले स“गै बास बस्ने निर्ण्र्ाागरे । त्यसरी रह“दा उनीहरूबीच शारीरिक सर्ंर्सग भयो । केही समयपछि मुगुप्लुङमाको कोखबाट लाहादङना नामको छोरीको जन्म भयो ।
सुत्केरी मुगुप्लुङमालाई स्याहारसुसारका लागि युक्पुङगेन सावानगेम्बा पश्चिमतिर जा“दा फन्दारीमा नाम गरेकी दानव केटी भेटे । ती केटीलाई उनले आफ्नो वृतान्त सुनाएपछि उनी मुगुप्लुङमाको स्याहारसुसार गर्न राजी भइन् । र, फन्दारीमालाई ल्याएर आए । सुत्केरीलाई स्याहारसुसार गर्दागर्दै फन्दारीमास“ग पनि युक्पुङगेन सावागेम्बाले वैवाह गरे । र, फन्दारीमाले पनि लिङदाङखेवामा नामक छोरी जन्माइन् । यसरी युक्पुङगेन सावानगेम्बाको चार जना श्रीमतीमध्ये मुगुप्लुङमा र फियामलुङमा देवगणका तथा सुसारीमा र फन्दारीमाहरू दानव गणका भए ।मुगुप्लुङमा र फियामलुङमाका छोराछोरीहरू मानवीय स्वभावका भए भने सुसारीमा र फन्दारीमाका छोराछोरीहरू दानवीय स्वभावका भए । सुसारिमा र फन्दारिमाका सन्तान चन्द्रंवंशी र मुगुप्लुङमा र फियामलुङमाका सन्तान र्सर्ूयवंशी भए । लाहादङना र स्वयम्भुहाङ चेलीमाइती हुन् । ती चेलीमाईतीबीचमा दानव श्रीमतीतिरका सन्तान साङदाङखेवा र लिङदाङखेवाले षड्यन्त्र गरी वैवाहिक सम्बन्ध कायम गराए । र, स्वयम्भुहाङ र लाहादङनाको सन्तानका रुपमा सावायेहाङको जन्म भयो ।यसरी मेन्छाङगेन नाम्याप्मी -र्सर्ूयवंशी) लामो समयसम्म पशु झैं रहे । आफ्नो-विरानो, नातागोता, साइनो, सम्बन्ध केही जानेनन् । धर्म, कर्म, संस्कार, संस्कृति जानेनन् । त्यसैले उनीहरुलाई मानवीय ज्ञान, वुद्धि, विवेक दिन तागेरा निङवाभूमाङ उनै येहाङको शरीरमा लीन भई ज्ञान र उपदेश दिन थाले ।
येहाङले जीवनमा धर्म, पाप गरे मृत्युपछि कहा“ पुगिन्छ – के हुन्छ – मानिस भई जन्मिएपछि कुन कर्म गर्दा यो लोक तथा परलोकमा सुःख, शान्ति र आनन्द प्राप्त गर्न सकिन्छ भन्ने उपदेश दिए । येहाङको जन्मावतरणपछि किरात सन्ततिहरूमा धार्मिक ज्ञान र चेतनाको विकास हु“दै गयो । जसको कारण सम्पर्ूण्ा जीव तथा प्राणी जगतमा दया, माया, करुणा, प्रेम, सत्य, अहिंसा, शान्तिजस्ता मानवीयता विकासको हु“दै गयो । तर, उनले मानव कर्म, संस्कारका बारेमा ज्ञान दिएनन् । किनकि, येहाङको कालसम्म जन्म पर्ूवदेखि मृत्यु पर्यान्तसम्मका कर्म, संस्कार रहेको पाइ“दैन । त्यो समयमा मानिसको मृत्यु भए बेताबा“सको चोया काढी नाम्लो बनाई शवलाई नाम्लोले बोकी ढङ्गाको ओढारमा लगेर छाड्ने चलन थियो । त्यसैले आत्माले मुक्ति पाएन । यस्तो अवस्था खाप्पुना मुराङनाको समयसम्म रहेको पाइन्छ ।
मानवलाई त्यही कर्म, संस्कार सिकाउन येहाङपछि किरात कुलमा सावायेहाङ फेक्वा र सुसुम्नाको कोखबाट खाप्पुना मुरङना नामक नारीको जन्म भयो । उनका पानतुम्याङ र तेनतुम्याङ नामक दर्ुइ जना माइती थिए । उनीहरू बिस्तारै तरुनी तन्नेरी अवस्थमा प्रवेश गरे । चेली खाप्पुना मुरङनाको शरीरमा तागेरा निङवाभूमाङ कै साक्षात रुप युमा प्रकट भई अब यस्तो प्रकारको कर्म, संस्कारले आत्माले मुक्ति नपाउने ठहर गरी उनले प्राण त्यागिन् । र, पुनः अवतरण भई जन्म पर्ूवदेखि मृत्यु पर्यान्तसम्मको सम्पर्ूण्ा कर्म, संस्कार मानव जातिलाई सिकाए । उनै खाप्पुना मुरङनाले सिकाएको कर्म, संस्कार नै आजसम्म किरात जातिले मौलिक परम्पराको रुपमा रहेको छ । तर, समयको चक्रस“गै घुम्दै जा“दा संस्कार एवं संस्कृतिमा विकृति तथा विसंगति हुने गर्दछ । जसका कारण मानिसमा आसुरी प्रवृत्तिको विकास हु“ंदै जान्छ । जसको फलस्वरुप दुःखको सागरमा डुबुल्की मार्न पुग्दछन् । यद्यपि, त्यो समाजको सुधारका लागि देवदूतको रुपमा महात्माहरूको जन्मावतरण हुने गर्दछ । किरात कुलमा येहाङ, सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरीजंगाहाङ, मुहिङगुम अङसीमाङ फाल्गुनन्द र मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ सहित सात जना महात्माहरूको जन्मावतरण भइसकेको छ । तिनै महात्माहरूले प्रतिपादन एवं संरक्षण गरेको किरात धर्मदर्शनका कर्म, संस्कारमध्ये साप्पोक चोमेन र्-गर्भसेवा) को महत्व र त्यस सेवामा पुजिने देवताहरूको चर्चा गरिएको छ ।

साप्पोक चोमेन सेवाको महत्व

मानिसको अङ्ग रक्षाका लागि गरिने कर्महरूमध्ये सबैभन्दा पहिले साप्पोक चोमेन सेवा गरिन्छ । यस सेवामा वगङमा, पक्चानामा, कुदापमाङ, खनजःमा र पुङसाम, युमा, हिम्माङ र थेबाको सेवा गरिन्छ ।
मानिसको जीवन बोटबिरुवाजस्तै हो । पृथ्वीमा बालीनाली, बोटबिरुवा लगाउँछौं । बोटबिरुवालाई सुरक्षित राख्न घेराबारा गर्नु पर्दछ । किरा, फट्याङ्ग्राबाट जोगाउन विषादी प्रयोग गरिन्छ । यसो गरिएन भने बोटाबिरुवालाई पशुप्राणी, किरा, फट्याङ्ग्राले नाश गर्दछ । त्यस्तै, मानव जीवनको सुरक्षाका लागि पनि घेराबार लगाउनु पर्दछ । त्यो घेराबार विभिन्न सेवा, पूजा हुन् । जो जीवन रक्षा र लोक कल्याणका लागि गरिन्छ । जीवन रक्षा र लेाक कल्याणका लागि गरिने सेवामध्ये सबैभन्दा पहिले साप्पोक चोमेन गरिन्छ ।
साप्पोक चोमेन महिला गर्भवती भएको पाँच वा छ महिनामा आमा र गर्भभित्रको शिशुको रक्षाका निम्ति गरिने सेवा हो । शिशु गर्भमा रहञ्जेलसम्म भूतप्रेत, वायु, मच, सेहे, जागित्रा, मसानजस्ता नराम्रा पक्षले दुःख नदेओस् भनी साप्पोक चोमेन सेवा गरिन्छ । किरात धर्मदर्शनअनुसार यो सेवा गर्नु अपरिहार्य छ ।

सेवा गर्ने विधि

क) वगङमा

यस देवताहरूलाई सेवा गर्दा घर नजिकको प“धेरो वा पानीको मूल अथवा खोल्सी भएको ठाउ“मा गर्नु पर्दछ । पानीमा साङ्भे -बा“सको भाटाको पुलजस्तो) बनाएर यसमाथि माटो राखी सम्याउनु पर्दछ । र, त्यसको बीचमा रेखा कोरी साङभेलाई दर्ुइ भागमा विभाजन गर्नु पर्दछ । दायातिर वगङमालाई दर्ुइ जोर लासो राखी एउटा ढुङ्गा, एउटा लिङ्गो गाड्न पर्दछ । ढुंगालाई धागोको तीन फेरा लागाउनु पर्छ भने लिङ्गोमा सेतो ध्वजा झुण्ड्याउनु पर्छ । त्यहा“ प्रसाद चढाउने र वजङ फूङजङ बनाई सेवा गर्नु पर्दछ ।

ख) पक्चानामा

साङभेको बायातिर एउटा ढुङ्गा र एउटा लिङगो गाडी धागोले बर्ेर्ने । साथै, एउटा चिण्डो फुर्टाई त्यसको मुखतिर चार वटा प्वाल पारी भाटाको सिन्का त्यो प्वालमा छिराउने र पा“च रंगको धागो चिण्डोको वरीपरी बुन्ने । त्यसलाई मेरिहेम्बाङ भनिन्छ । त्यसको चारै सुरमा का“चो काठको मसिनु कर्दा बनाई धागोको उझिण्डो लगाई झुण्ड्याउने । त्यो चिण्डोको बीचमा दर्ुइ जोर लासो राखी फूल अक्षता र फलाहार चढाउनु पर्दछ । र, चोमेन्दाङको कपडा राखी सेवासाबाले सेवा गरिदिने ।

ग) कुदापमाङ

कुदापमाङ गर्दा एउटा लिङ्गो, ढुंगा र कोलाको पातको पा“च वटा लासो राख्ने । साथै, कुदुरा ढोकेअगाडि दर्ुइ जोर गरी जम्मा सात जोर लासो राखी एउटा सानो हरियो बा“सको हा“गाको घोङग्रीङ झैं थुङ्गा-थुङ्गा भएको पा“च तलाको खिप्ने । र, त्यसलाई पा“च चिरा बनाउने । त्यो थुङ्गाको पछाडिपट्ट िबनेर गाड्ने । त्यसलाई धागोले पा“च फन्का बर्ेर्ने । त्यसलाई एपलाङवा भनिन्छ । र, वजङ, फूङजङ, धूप, कोइला, सलेदोलगायत सबै आवश्यक सामग्री चर्ढाई साप्पोक चोमेन मुन्धुम वाचन गरी सेवा गर्नु पर्दछ ।

घ) खनजःमा

खनजःमाङ गर्दा एउटा एउटा लिङ्गो, ध्वाजा, ढुङ्गा गाड्ने र तीन जोर लासो राखी माङजा चढाउने । र, त्यो ढुंगालाई उन्युको पातको गोठ झैं बनाई सेवा गरिदिनर्ुपर्छ ।

ङ) पुङसाम्माङ

पुङसाम्माङको सेवा गर्दा एउटा एउटा लिङ्गो, ध्वाजा र ढुंगा गाड्ने । दश जोर लासो र एक जोर दियो-कलश सेवा गरिन्छ ।
माथि उल्लिखित देवताहरू वगङमा र पक्चनामा गरेको ठाउ“को बाया गर्नु पर्दछ । युमा, हिम्माङ र थेबा भने घरभित्र गर्नु पर्दछ । यी सबै देवताको सेवा सकेपछि गर्भवती महिलालाई माङगेन्ना गर्नु पर्दछ । त्यसपछि साप्पोक चोमेन समाप्त हुन्छ ।
-लेखक किरात चोःलुङ  मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय सदस्य तथा माङसेवासाबा प्रमुख हुनुहुन्छ ।)साभार ः विश्व किरात आवाज, वर्ष१० अंक २, बैसाक

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु