मानवलाई त्यही कर्म, संस्कार सिकाउन येहाङपछि किरात कुलमा सावायेहाङ फेक्वा र सुसुम्नाको कोखबाट खाप्पुना मुरङना नामक नारीको जन्म भयो । उनका पानतुम्याङ र तेनतुम्याङ नामक दर्ुइ जना माइती थिए । उनीहरू बिस्तारै तरुनी तन्नेरी अवस्थमा प्रवेश गरे । चेली खाप्पुना मुरङनाको शरीरमा तागेरा निङवाभूमाङ कै साक्षात रुप युमा प्रकट भई अब यस्तो प्रकारको कर्म, संस्कारले आत्माले मुक्ति नपाउने ठहर गरी उनले प्राण त्यागिन् । र, पुनः अवतरण भई जन्म पर्ूवदेखि मृत्यु पर्यान्तसम्मको सम्पर्ूण्ा कर्म, संस्कार मानव जातिलाई सिकाए । उनै खाप्पुना मुरङनाले सिकाएको कर्म, संस्कार नै आजसम्म किरात जातिले मौलिक परम्पराको रुपमा रहेको छ । तर, समयको चक्रस“गै घुम्दै जा“दा संस्कार एवं संस्कृतिमा विकृति तथा विसंगति हुने गर्दछ । जसका कारण मानिसमा आसुरी प्रवृत्तिको विकास हु“ंदै जान्छ । जसको फलस्वरुप दुःखको सागरमा डुबुल्की मार्न पुग्दछन् । यद्यपि, त्यो समाजको सुधारका लागि देवदूतको रुपमा महात्माहरूको जन्मावतरण हुने गर्दछ । किरात कुलमा येहाङ, सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरीजंगाहाङ, मुहिङगुम अङसीमाङ फाल्गुनन्द र मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ सहित सात जना महात्माहरूको जन्मावतरण भइसकेको छ । तिनै महात्माहरूले प्रतिपादन एवं संरक्षण गरेको किरात धर्मदर्शनका कर्म, संस्कारमध्ये साप्पोक चोमेन र्-गर्भसेवा) को महत्व र त्यस सेवामा पुजिने देवताहरूको चर्चा गरिएको छ ।
साप्पोक चोमेन सेवाको महत्व
मानिसको अङ्ग रक्षाका लागि गरिने कर्महरूमध्ये सबैभन्दा पहिले साप्पोक चोमेन सेवा गरिन्छ । यस सेवामा वगङमा, पक्चानामा, कुदापमाङ, खनजःमा र पुङसाम, युमा, हिम्माङ र थेबाको सेवा गरिन्छ ।
मानिसको जीवन बोटबिरुवाजस्तै हो । पृथ्वीमा बालीनाली, बोटबिरुवा लगाउँछौं । बोटबिरुवालाई सुरक्षित राख्न घेराबारा गर्नु पर्दछ । किरा, फट्याङ्ग्राबाट जोगाउन विषादी प्रयोग गरिन्छ । यसो गरिएन भने बोटाबिरुवालाई पशुप्राणी, किरा, फट्याङ्ग्राले नाश गर्दछ । त्यस्तै, मानव जीवनको सुरक्षाका लागि पनि घेराबार लगाउनु पर्दछ । त्यो घेराबार विभिन्न सेवा, पूजा हुन् । जो जीवन रक्षा र लोक कल्याणका लागि गरिन्छ । जीवन रक्षा र लेाक कल्याणका लागि गरिने सेवामध्ये सबैभन्दा पहिले साप्पोक चोमेन गरिन्छ ।
साप्पोक चोमेन महिला गर्भवती भएको पाँच वा छ महिनामा आमा र गर्भभित्रको शिशुको रक्षाका निम्ति गरिने सेवा हो । शिशु गर्भमा रहञ्जेलसम्म भूतप्रेत, वायु, मच, सेहे, जागित्रा, मसानजस्ता नराम्रा पक्षले दुःख नदेओस् भनी साप्पोक चोमेन सेवा गरिन्छ । किरात धर्मदर्शनअनुसार यो सेवा गर्नु अपरिहार्य छ ।
सेवा गर्ने विधि
क) वगङमा
यस देवताहरूलाई सेवा गर्दा घर नजिकको प“धेरो वा पानीको मूल अथवा खोल्सी भएको ठाउ“मा गर्नु पर्दछ । पानीमा साङ्भे -बा“सको भाटाको पुलजस्तो) बनाएर यसमाथि माटो राखी सम्याउनु पर्दछ । र, त्यसको बीचमा रेखा कोरी साङभेलाई दर्ुइ भागमा विभाजन गर्नु पर्दछ । दायातिर वगङमालाई दर्ुइ जोर लासो राखी एउटा ढुङ्गा, एउटा लिङ्गो गाड्न पर्दछ । ढुंगालाई धागोको तीन फेरा लागाउनु पर्छ भने लिङ्गोमा सेतो ध्वजा झुण्ड्याउनु पर्छ । त्यहा“ प्रसाद चढाउने र वजङ फूङजङ बनाई सेवा गर्नु पर्दछ ।
ख) पक्चानामा
साङभेको बायातिर एउटा ढुङ्गा र एउटा लिङगो गाडी धागोले बर्ेर्ने । साथै, एउटा चिण्डो फुर्टाई त्यसको मुखतिर चार वटा प्वाल पारी भाटाको सिन्का त्यो प्वालमा छिराउने र पा“च रंगको धागो चिण्डोको वरीपरी बुन्ने । त्यसलाई मेरिहेम्बाङ भनिन्छ । त्यसको चारै सुरमा का“चो काठको मसिनु कर्दा बनाई धागोको उझिण्डो लगाई झुण्ड्याउने । त्यो चिण्डोको बीचमा दर्ुइ जोर लासो राखी फूल अक्षता र फलाहार चढाउनु पर्दछ । र, चोमेन्दाङको कपडा राखी सेवासाबाले सेवा गरिदिने ।
ग) कुदापमाङ
कुदापमाङ गर्दा एउटा लिङ्गो, ढुंगा र कोलाको पातको पा“च वटा लासो राख्ने । साथै, कुदुरा ढोकेअगाडि दर्ुइ जोर गरी जम्मा सात जोर लासो राखी एउटा सानो हरियो बा“सको हा“गाको घोङग्रीङ झैं थुङ्गा-थुङ्गा भएको पा“च तलाको खिप्ने । र, त्यसलाई पा“च चिरा बनाउने । त्यो थुङ्गाको पछाडिपट्ट िबनेर गाड्ने । त्यसलाई धागोले पा“च फन्का बर्ेर्ने । त्यसलाई एपलाङवा भनिन्छ । र, वजङ, फूङजङ, धूप, कोइला, सलेदोलगायत सबै आवश्यक सामग्री चर्ढाई साप्पोक चोमेन मुन्धुम वाचन गरी सेवा गर्नु पर्दछ ।
घ) खनजःमा
खनजःमाङ गर्दा एउटा एउटा लिङ्गो, ध्वाजा, ढुङ्गा गाड्ने र तीन जोर लासो राखी माङजा चढाउने । र, त्यो ढुंगालाई उन्युको पातको गोठ झैं बनाई सेवा गरिदिनर्ुपर्छ ।
ङ) पुङसाम्माङ
पुङसाम्माङको सेवा गर्दा एउटा एउटा लिङ्गो, ध्वाजा र ढुंगा गाड्ने । दश जोर लासो र एक जोर दियो-कलश सेवा गरिन्छ ।
माथि उल्लिखित देवताहरू वगङमा र पक्चनामा गरेको ठाउ“को बाया गर्नु पर्दछ । युमा, हिम्माङ र थेबा भने घरभित्र गर्नु पर्दछ । यी सबै देवताको सेवा सकेपछि गर्भवती महिलालाई माङगेन्ना गर्नु पर्दछ । त्यसपछि साप्पोक चोमेन समाप्त हुन्छ ।
-लेखक किरात चोःलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय सदस्य तथा माङसेवासाबा प्रमुख हुनुहुन्छ ।)साभार ः विश्व किरात आवाज, वर्ष१० अंक २, बैसाक