किरात याक्थुङ पापोहाङ सेर्मा सन्जम्भोद्वारा विभिन्न व्यक्तिलाई सम्मान

किरात याक्थुङ पापोहाङ सेर्मा सन्जम्भो शिवसताक्षी नगर समितिले आज लिम्बू भाषा लिपि सम्रक्षण र प्रबर्द्धन गर्ने नगरका ब्यक्तिहरुलाइ नगद सहित सम्मान गरेको छ ।

सेर्मा संजम्भोले आज शिवसताक्षी ८ स्थित किरात माङ्हिम परिसरमा एक कार्यक्रमको आयोजना गरि सम्मन गरिएको हो ।
लिम्बू भाषा लिपि सम्रक्षण गर्दै विभिन्न माध्यमबाट प्रवर्द्धन गर्ने नगरका ४ जना लाई जनहि नगद १० हजार र सम्मानपत्र द्वारा सम्मानित गरिएको सेर्मा संजुम्भोका नगर सचिब ठाकुर सिङ सेर्माले जानकारी दिए ।
यसरी सम्मनित हुनेमा मोफसलका पुराना गायक तथा संगीतकार याम सेर्मा, शिवसताक्षी ७ फाक्तेप स्थित बालसेवा आधारभुत बिध्यालयका शिक्षिका तिर्थ कुमारी नेम्बाङ सेर्मा र शिवसताक्षी ८ डुडामारी स्थित भगवती आधारभुत बिध्यलयका शिक्षिका प्रमिला नेम्बाङ सेर्मा रहेका छ्न । उनिहरुले लिम्बू लिपि द्वारा बिध्यार्थिलाइ अध्यापन गराइ अफ्नो भाष लिपिको सम्रक्षाण गरेको भन्दै प्रोत्साहन स्वरुप नगद ,सम्मन पत्र र दोशल्ला ले सम्मानित गरिएको हो । त्यस्तै शिवसताक्षी ७ स्थित फाक्तेपका याम सेर्मालाइ लिम्बू गित सङ्गितको माध्यम बाट आफ्नो लिपि भाकालाइ सम्रक्षण र प्रबधन गरेको भन्दै नगद सहित सम्मान गरिएको बताइएको छ त्यसै गरि लिम्बू सस्कृतिलाइ डिजिटल माध्यम द्वारा प्रचार प्रसार गरि महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै युवा सन्चारकर्मी गगन सेर्मालाइ सम्मन गरिएको थियो । उनिहरुलाइ कार्यक्रमका प्रमुख अतिथी तथा सेर्मा संजम्बोका केन्द्रिय सदस्य राजकुमार सेर्मा ,बिशिस्ट अतिथिहरु संजम्भोका केन्द्रिय सदस्य दलकुमार सेर्मा तथा नकलमान सेर्मा र पुर्व केन्द्रिय सदस्य चित्रप्रसाद सेर्मा लगायतले सम्मान गरेका थिए ।

Advertisement

त्यसै गरि सोही कार्यक्रममा ७० माथिका जेष्ठ सेर्मा चेलिहरु २ जनालाइ पनि नगद ५/५ हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ ।यसरी सम्मनित हुनेमा जसरोती सेर्मा र शुकमाया सेर्मा निङ्लेकु रहेको सेर्मा संजम्भोका नगर सदस्य दिपक सेर्माले जानकारी दिए ।उनका अनुसार सम्मान गरिएका ब्यक्तिलाइ प्रदान गरिएको सबै रकम हाल हङकङमा कार्यरत चापेता सेर्माले सहयोग गर्नु भएको हो ।
चापेता सेर्माले प्रभासमा रहेर पनि आफ्नो भाषा ,लिपि सम्रक्षण र प्रबर्द्धनको लागि भन्दै धेरै क्षेत्रमा आर्थिक सहयोग गर्दै आउनु भएको छ । शिवसताक्षी ८ निवासी चापेता सेर्मा हाल लामो समय देखि हङकङमा बस्दै आउनु भएको छ । उहाले केही समय अघि स्थानीय बालसेवा आबि र भगवति आबिमा आर्थिक सहयोग गरेका छ्न भने लिम्बू भाषा लिपि द्वारा घरहरुमा निवास लेखी टास्ने काम पनि धमाधम भैइरहेको छ ।

सोही कार्यक्रममा सेर्मा संजम्भोका नगर समितीका कोषाध्यक्ष आमृता सेर्मालाइ बिदाइ गरिएको छ । उहाँ केही दिन पछि हङकङ तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेकोले उहालाइ बिदाइ गरिएको बताइएको छ ।
किरात यक्तुङ सेर्मा संजोम्भो २०७२ सालमा स्थापना भए पनि गत साल बाट मात्र चलायमान रहेको छ ।
यश सेर्मा संजम्बोले नगरका प्रतेक सेर्मा दाजुभाइ बाट हरेक बर्ष आर्थिक सन्कलन गरि कोष खडा गरिएको र उक्त कोषको ब्याज बाट बिपन्न सेर्मा परिवारलाई केही शुद्द्याइ खर्च दिने योजना रहेको सेर्मा संजम्भोका नगर अध्यक्ष दिलकुमार सेर्माले बताए ।उनका अनुसार उक्त कोषमा हाल सम्म १ लाखको हाराहारीमा रहेको बतए ।

सो अवसरमा कृष्णराज सेर्मा,नकलमान सेर्मा चित्र प्रसाद सेर्मा,युवा समाजसेबी मिलन सेर्मा, श्रीजङ्घा युवा क्लबका अध्यक्ष केपी सेर्मा, सम्मनित ब्यक्ति याम सेर्मा लगयतले शुभकामना मन्तव्य सहित आ आफ्नो धारणा राखेका थिए ।
केन्द्रिय सदस्य राजकुमार सेर्माले उद्घाटन गरेको कार्यक्रममा स्वागत मन्तब्य नगर सदस्य दिपक सेर्माले गरे भने कार्यक्रम सन्चालन सहसचिब सन्त सेर्माले गरेका थिए । किरात याक्थुङ पपोहाङ सेर्मा संजम्बो शिवसताक्षी नगर समितिले आयोजना गरेको कार्यक्रमको सहकार्य चापेता सेर्माको रहेको थियो । kuinetonews.com

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु