माङसेबुङ गाउँपालिकाले लिम्बू भाषा र राई बान्तावा मातृभाषी दुईजना कर्मचारी थप्दै

माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा मातृभाषा प्रवद्र्धन कार्यक्रम अन्तर्गत दुई जना कर्मचारी नियुक्त गर्ने भएको छ । आ.व. २०८१/८२ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष हेमन्त राईले लिम्बू भाषा र राई बान्तावा भाषाका गरी दुई जना मातृभाषी कर्मचारी नियुक्त गर्ने बताएका हुन् ।

माङसेबुङ गाउँपालिकाले यी दुई भाषालाई पालिकाको कामकाजी भाषाका रूपमा घोषणा गरिसकेको छ । माङसेबुङको ५ नम्बर वडा कार्यालयमा भने २०७६ साल मंसिर १३ गतेदेखि नै लिम्बू भाषा कर्मचारी नियुक्त भई किरात सिरिजंगा लिपिमा आवश्यक निवेदन लिने र सो को कार्यान्वयन गर्ने कार्य हुँदै आएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु