माङसेबुङ । इलाम क्षेत्र नम्बर – २ प्रतिनिधसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का, नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमले मतदान गर्नुभएको छ ।
यस्तै कांग्रेसका उम्मेदवार खड्का र एमालेका उम्मेदवार नेम्वाङले इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । यस्तै रास्वपाका उम्मेदवार लिम्बूले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आ.वि. र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम सिंहदेबि मतदान स्थलमा पुगेर मतदानन गर्नुभएको छ ।
Advertisement
इलाम क्षेत्र नम्बर २ उप निर्वाचनमा ४२ वटा वडामा मतदान हुँदैछ । ७९ वटा मतदान स्थल, १ सय ४९ वटा मतदान केन्द्र रहेका छन् । इलाम-२ मा १९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साझको ५ बजेसम्म हुनेछ ।





















