आसाम । किरात धर्मगुरुआमा महिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव कार्यक्रम आसामको कोक्राझार डिस्ट्रीक सरलपाडामा मनाइएको छ ।
गुरुआमा जन्मोत्सव कार्यक्रम किरात सरलपाडा महिला संघ समितिको आयोजनामा बिहिवार आसामको कोक्राझार डिस्ट्रीक सरलपाडा गाउँ अवस्थित किरात माङहिमको प्राङ्गणमा किरात धर्मावलम्बीहरुको व्यापक सहभागितामा अङ्सीमामाङ साबा पवित्रहाङमा ज्यूको ६८ औं जन्मोत्सवको अवसरमा शुभकामना आदानप्रदान गरि भव्यताकासाथ मनाइएको हो ।
Advertisement



























