इलाम । पोक्लाबुङलाई खेल क्षेत्रको रुपमा स्थापित गरौं’ भन्ने नारा सहित ‘चौथो पोक्लाबुङ फुटबल कप – २०८०’ पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता आगामी १२ फगुनदेखि सुरु हुने भएको छ ।
संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी पोक्लाबुङस्थित पोक्लाबुङ्ग जन उत्थान मञ्च युथ क्लबको आयोजनामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।
Advertisement
विगतका वर्षहरूमा जस्तै यसपाली पनि पोक्लाबुङ्ग जन उत्थान मञ्च युथ क्लबको आयोजनामा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको हुने पोक्लाबुङ्ग जनउत्थान मञ्च युथ क्लबका सचिव किरण लिम्बुले जानकारी दिए ।
प्रतियोगिता १२ माघबाट प्रारम्भ भई १५ गते समापन हुने आयोजक समितिका सचिव लिम्बुले बताए । उनले पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएकाले जिल्लाभित्र र बाहिरका दुई दर्जन हाराहारी टिमले सहभागीता जनाउने समेत बताए ।
प्रतियोगितामा प्रथम विजेताले रु ३०,०००/- साथमा ३ वर्षे रनिङ कप / मेडल / प्रमाण पत्र । उप विजेताले रू २०,०००/- साथमा कप/ मेडल/ प्रमाण पत्र प्राप्त गर्ने छ ।
खेलका नियमहरू दर्ता शुल्क रू. २०००/- + ५०० लाग्ने छ ।खेलाडी सङ्ख्या ७+२हुनु पर्ने छ। खाने बस्ने व्यवस्था खेलाडी आफैंले गर्नु पर्ने छ। कुनै चोटपटक लागेमा खेलाडी आफै जिम्मेवारी हुनु पर्ने छ। जर्सी , बुट अनिवार्य लगाउनु पर्ने छ, खेलमा विवाद आएमा आयोजक र रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुने छ। टिम दर्ता २०८० फागुन ११ गते दिउँसो ४:०० बजे सम्म मा गरि सक्नु पर्ने छ , फागुन ११ गते दिउँसो ४:०० बजेसम्म दर्ता शुल्क नबुझाएमा खेल तालिकामा राखिने छैन । नकाउटको आधारमा प्रतियोगिता संचालन हुने खेल संयोजक उत्तर कुमार लिम्बूले जानकारी दिए ।
मिडिया पार्टनर
– पोक्लाबुङ्ग अनलाइन खबर, संखुवासभा
– खास खबर साप्ताहिक
– फालेलुङ्ग न्युज
– सयपत्री न्यूज
सम्बन्धित खेलको नियमबारे बुझ्नको लागि सम्पर्क
संयोजक :- उत्तर कुमार लिम्बू 9861558822
सचिव- किरण लिम्बू 9840599860
अध्यक्ष- प्रदीप कुमार लिम्बू 9842118658
खेलकुद प्रतियोगिता सञ्चालनकोलागि दाताहरुबाट सहयोग संकलन गरिने आयोजकले जनाएको छ । प्रतियोगिता फागुन १५ गते सम्पन्न हुनेछ ।