माङसेबुङ/ इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा माघ २३ गतेदेखि १४ औ संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६८ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नोमाङगेनाको अवसरमा आयोजित पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिता माघ २३ देखि शुरु हुने भएको हो ।
Advertisement
बिहीवार आत्मा पवित्र हक्चात यक्चुमले माङसेबुङस्थित सरस्वती माबिको हलमा पत्रकार सम्मेलनको आयोजना गरि माघ २३ देखि सञ्चालन हुने पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा नेपाल र भारतका ८ टिमले सहभागिता जनाउने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिएका छन् ।
प्रतियोगितामा माङ्सेबुङ गाउँपालिका इलाम, कन्काई नगरपालिका झापा, वि.वाई.सी भूटान, दीपेन्द्र शिखर फुटबल क्लब इलाम, नमोबुद्ध युथ फुटबल क्लब सप्तरी, जनसहयोग युवा मोरङ, नवदिप युवा क्लब मिक्लाजुङ मोरङ, र एमएफसी दार्जिलिङ भारतको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ र उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।
माङसेबुङमा २०६७ देखि हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको जन्मोत्सवमा यहीँ समयमा पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।