(वि.स. २०७९ असोज ७ गते इलामको माङसेबुङमा आयोजित किरात साम्जीक मुन्धुम निसामहिमको ४१ औं स्थापना दिवस कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको आशीर्वचनको सम्पादित अंश ।)
ओत् तागेरा निङ्वाभू माङ्ङे सेवारो
Advertisement
कन किरात शकसक आनी मिप्मा साम्याङवा लिङ्े युप्पावा लिङ्े थाकथाकुम लिङ्देन हाङमारे साप्योक लिङघु, लिङ्योक लिङ्घु । साम्यो आधा?रे आधे । लिङ्योक आधा?रे आधे । कन किरात शकसक किरात मुन्धुम हा? से?मा सारिक चा?रे । हेक्याङ कन सेःमा फाआङ आनिग्या कन वि.स. २०३६ साल कना प्रयास चोक्नाबा ।
पञ्चायत कालमा किरात धर्म साहित्य उत्थान संघ भनेर हामीले एउटा संस्था दर्ता ग¥यौं । त्यस माध्यमबाट पनि निकै प्रचार ग¥यौं । यो माङसेबुङलाई पहिला बाँझो गाउँ पञ्चायत भन्थ्यो । यो वडा नं. ९ मा पथ्र्यो । अहिले माङसेबुङ गाउँपालिका वडा नं. ५ भएको छ । यो ५ वडामा हामीले भाषा, साहित्य, संस्कृतिको निमित्त नयाँ घोषणा पनि ग¥यौं । वडा. ५ मा हामीले यो किताब छाप्न सफल भएका छौं । यसमा हरेक ज्ञानहरु छ । तपाईहरुले सरस्वती माग्नु भएको छ मेरो विचारमा । यो झोलामा यत्रो भारीमा अवश्य सरस्वती पाउनु भएको छ । महागुरुलाई महागुरु ‘फाल्गुनन्द स्वामी सरस्वती माता’ भनेर हामीले भजन पनि गाउँने गरेका छौं । त्यसले गर्दा सरस्वती माता महागुरुले दिएको आशीर्वाद तपाईहरुलाई आज दिँदै हुनुहुन्छ । आज प्रदान हुँदैछ । यहाँ हामीले गाउँपालिकाको अध्यक्ष हाम्रो स्थानीय सरकारलाई साँक्षी राखेर तपाईहरुको हात–हातमा प्रदान गरेका छौं ।
अब यसबाट तपाईहरुले ज्ञान कस्तो प्राप्त गर्नुहुन्छ ? तपाईहरुले राम्रो किसिमको ज्ञान लिनु होस् । हाम्रो भाषा, संस्कृति, साहित्य, मुन्धुम यी सारा कुरा तपाईहरु पक्कै पनि जान्ने हुनुहुनेछ भन्ने हामीलाई लागेको छ । हाम्रो गुरु परिवारबाट यहीँ नै तपाईहरु सबैलाई धन्यवाद र आशीर्वाद छ । आजको हाम्रो यो भाषा नेपालमा मात्र होइन । अहिले अमेरिकाको सबै प्रान्तमा पुगेको छ । भविष्यमा यो भाषा विश्वभर बोलिने भाषा हुन्छ । यो सिक्न तपाईहरुलाई सबैलाई जरुरी छ । यहीँ कुरा तपाईहरुसँग म हार्दिक अनुरोध गर्न चाहन्छु । यो देशमा रहेका जुनसुकै जातिले पनि यो पढ्न सक्छ । शिक्षा लिन सक्छ । यहाँ भित्र रहेका उपदेश र ज्ञानहरु पनि लिन सक्छ । सबै कुरा भन्न सक्छ । सबै कुरा सिक्न सक्छ । यहीँ कुरा तपाईहरुसँग हार्दिक अनुरोध गर्न म चाहन्छु । यो भित्र गम्भीर विषय छ । यो खेलाँची छैन् ।
तपाईहरुले बुझ्नु होला । हाम्रो स्कूलहरु हामीले सम्झेका छौं । हामी युनिर्भसीटीसम्म पु¥याउने हाम्रो योजना र लक्ष्य छ । तर, यो पूरा गरेर मरिन्छ कि नगरी मरिन्छ, यो निधो छैन् । हामी यसका लागि कम्मर कसिराखेका छौं । यो लिपि, यो भाषा, यो धर्म अगाडि सार्दाखेरी हामीलाई पञ्चायती सरकारले अराष्ट्रिय तत्व भनेर हामीलाई खेदो पनि गरायो । हामीमा बम, बन्दुक तेस्याइयो । तर, पनि हामीले नछोडि ल्याएर हामीले यहाँसम्म पु¥यायौं । यो सभ्यताको कुरा गर्दा, किरात सभ्यता, किरातहरुको परम्परा, किरातहरुको संस्कृति र इतिहास नहराओस भनेर हामी सबै लागेर अहिलेसम्म आइराखेका छौं । सुरु–सुरुमा इमानसिं चेम्जोङ, महागुरु फाल्गुनन्दहरुले अगाडि बढाएका थिए । त्यहीँ कुरालाई नै हामीले अगाडि बढाएर तपाईहरुको नजिक छोडिराखेका छौं । हामीले कक्षा ११–१२ सम्मको किताब तयार गर्न लागि राखेका छौं । यसमा हामी सफल भएकोमा तपाईहरु सबैलाई धन्यवाद दिन चाहन्छु । नोगेन ! आसेवारो ।
(किरात इङभो पान्जुम्भोद्धारा प्रकाशित मिलेर बसौं, शान्तिसँग बाचौं आशीर्वचन पुस्तकबाट)