किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ज्युको देव समुपस्थितिमा माङसेबुङ ५ स्थित निजि गुरु आश्रम दर्शनालयमा आइतबार कार्यक्रमको आयोजना गरी पदयात्रीहरुलाई भब्य स्वागत सम्मान गरिएको हो ।
Advertisement
उनिहरुले आसामको लाखिमपुर जिल्लाबाट मंसिर २ गते शनिबार अन्तरदेशीय धार्मिक पदयात्रा सुरु गरेका थिए । उनिहरु आसामबाट भुटानको सिमाना भएर यात्राको ३३ औ दिनमा काकडभिट्टा नाका भएर नेपाल आइपुगेको थियोे ।
विश्वमा भइरहेको इजरायल र हमास, युक्रेन र रसियाको युद्धको शान्तिको कामनार्थ विश्व शान्ति तथा मानव एकताको शंखघोष गर्दै किरात धर्म र वर्तमान धर्मगुरु अङसीमाङ आत्मानन्द लिङ्देन र अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनज्युहरुको बसोबास माङसेबुङ -५, निजि गुरुआश्रम लारुम्बामा ३६ औ दिनमा उनिहरु आइपुगेको हो ।
भारतको आसामबाट नेपालसम्म अन्तरदेशीय धार्मिक पदयात्रामा निस्किएका सुमन लोहोरुङ राई, पन्च बहादुर रुम्दाली राई ,अमित कुमार साबा , सन्त बहादुर मिभक लगायत किरात धर्मको इतिहासमै पहिलो पदयात्री रहेको छ ।
यसरी गुरुनिजी आश्रम आइपुगेका चार जना पदयात्रीलाई मुहिङगुम अङसीमाङज्युले माङफुङ र फुलमाला लगाईदिनु भएर स्वागत गर्नुभएको थियो । सो अवसरमा अङसीमाङले आशीर्वाद आशीर्वचन समेत प्रदान गर्नुभयो ।
चार जना पदयात्रीहरुलाई किरात चोत्लुङ मुहिङगुम अङ्सी माङगेन्ना सेवा समितिद्वारा समेत सम्मान गरीएको छ ।
उक्त कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङ , गुरु प्रवक्ता डिल्लीराम चाम्लिङ, गुरुनिजी सचीव टङक लिङ्देन , शक्ति साबा तुम्याहाङकोरुपमा रहेको कार्यक्रम उदय विक्रम तुम्बापोले सञ्चालन गरेका थिए ।