पदयात्रीलाई काकरभिट्टामा भव्य स्वागत गर्ने

माङसेबुङ । विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ धार्मिक पदयात्रामा निस्किएका पदयात्री भोलि बुधबार  काकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने भएको छ ।

आसामको लाखिमपुरबाट धार्मिक पदयात्रामा निस्किएको उनिहरु ३२ औ  दिनमा भोली काकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्दैछन् ।  उनीहरुको स्वागत सम्मानको लागि काकरभिट्टा प्रवेशद्वार गेटमा भोली बुधबार बिहान ८ बजे स्वागत गरीने एल बि ताङलुवाले जानकारी दिइएको छ ।

Advertisement

गत मंसिर २ गते शनिबार आसामको लाखिमपुर जिल्लाबाट सुरु गरिएको धार्मिक पदयात्रामा सुमन राई , पन्चबहादुर राई र राज लिम्बु, अमित कुमार लिम्बू रहेका छन् ।

विश्व शान्तिको कामना गर्दै किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र पुण्यभूमि किरात धर्मगुरु गुरुआमा ज्यूहरुको निजि गुरु आश्रम लारुम्बा, माङसेबुङ इलामसम्म धार्मिक पदयात्रा सुरु गरेको जनाइएको छ ।

अहिलेसम्मकै लामो धार्मिक पदयात्रा सुरु गरेका उनिहरुले पदयात्राको सम्पूर्ण जानकारी महागुरु फाल्गुनन्द दिव्या ज्ञान फेजबाट पदयात्राको जानकारी दिदै आइरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु