माङसेबुङ । विश्व शान्ति मानव एकताको कामना गर्दै भारतको आसामबाट माङसेबुङसम्म धार्मिक पदयात्रा सुरु गरेको २० औ दिनमा बिहीबार ककराझा जयपुरसम्म आइपुगेको छ ।
आसामको लाखिमपुर जिल्लाबाट मंसिर २ गते शनिबारबाट सुरु गरिएको धार्मिक पदयात्रामा सुमन राई , पन्चबहादुर राई र राज लिम्बु, अमित कुमार लिम्बू रहेका छन् ।
Advertisement
आसामको लाखिमपुरबाट धार्मिक पदयात्रामा निस्किएको बिसौ दिनमा ककराझा जयपुरसम्म करिब ५२७ किमि हिडिसकेको पदयात्रामा सहभागी सुमन राईले जानकारी दिइएको छ ।
किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र पुण्यभूमि किरात धर्मगुरु गुरुआमा ज्यूहरुको निजि गुरु आश्रम लारुम्बा माङसेबुङ इलाम सम्म धार्मिक पदयात्रा सुरु गरेको जनाइएको छ ।
अहिलेसम्मकै लामो धार्मिक पदयात्रा सुरु गरेका उनिहरुले पदयात्राको सम्पूर्ण जानकारी महागुरु फाल्गुनन्द दिव्या ज्ञान फेजबाट पदयात्राको जानकारी दिदै आइरहेका छन् ।





















