माङसेबुङ । माङसेबुङ इक्ला मातृभाषा गायन प्रतियोगिताको विजेता इलामका दिनेस योङहाङ बनेका छन् । प्रतियोगिताको उप विजेता इलामकै सान्ता फियाक बनेकी छन् ।
माङसेबुङमा सम्पन्न वृहत सांस्कृतिक कार्यक्रममा प्रतियोगिताका उत्कृष्ट चार जनाको प्रस्तुतिका आधारमा निर्णायकहरुद्धारा विजेता र उप विजेता छनौट भएका हुन् ।
Advertisement
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोहमा आयोजित वृहत सांस्कृतिक कार्यक्रममा दोस्रो माङसेबुङ इक्ला मातृभाषा गायन प्रतियोगिता आयोजना गरिएको समारोह सांस्कृतिक विभाग संयोजक तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताउछन।
माङसेबुङ इक्ला गायन प्रतियोगिताको टप ४ फाइनालिस्टमा स्थान सुरक्षित गर्न सफल प्रतियोगिहरु दिनेस योङहाङ फाकफोकथुम इलाम, शान्ता फियाक माई नपा ६ इलाम , हरी चन्द्र लिम्बू लेटाङ मोरङ , उपेन्द्र नेम्वाङ मिक्लाजुङ १ पान्थरका रहेका छन् ।
प्रतियोगिताको निर्णायकहरु गायक तथा संगीतकार लेखनाथ चेम्जोङ, गायिका दीलमती चेम्जोङ , गायक तथा संगीतकार आइन्द्र नेम्बाङ रहेको थियोे । प्रतियोगिताको उत्कृष्टमा प्रवेश गरेका सबै प्रतियोगीहरुले मंसिर १८ गते साँझ वृहत सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिएका थिए । सोही प्रस्तुतिको आधारमा निर्णायकबाट टप ४ छनौट गरिएको थियो ।
फाइनलमा पुगेका टप ४ प्रतियोगीहरुले मंसिर १९ गते साँझ वृहत सांस्कृतिक कार्यक्रममा माङसेबुङ इक्ला गायन प्रतियोगिताको विजेता र उप विजेता छनौट गरी पुरस्कार वितरण गरिएको छ ।
प्रतियोगितामा विजेतालाई नगद पुरस्कार रु ४० हजार, एउटा गिटार, साथै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । उप विजेतालाई नगद दश हजार, ट्रफी, मेडल र प्रमाण पत्र सहित आकर्षक गिफ्ट प्रदान गरेका छन् । प्रतियोगि सहभागीहरुलाई अनलाइन अडिसनबाट छनौट गरिएको थियो ।