संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आज माङसेबुङ आउदै

इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आज सोमबार इलामको माङसेबुङ आउने भएका छन् ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ ‘को ७० औं जन्मोत्सव तथा अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना  महान सेवा समारोह कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन मन्त्री किराती माङसेबुङ आउने भएको हो ।

Advertisement

यसअघि समारोहको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने तय गरिएको भएपनि विदेश भ्रमणबाट फर्कन ढिलाई भएकाले मन्त्री किराती आउने भएको मूल समारोह समितिका सचिव शक्ति साबाले जानकारी दिए ।

समारोहको प्रमुख अतिथि सुदन किरातीबाट नुमाङगेन्ना महान सेवा समारोह समुद्घाटन, शुभकामना मन्तव्य, धन्यवाद आशीर्वचन साथै विशेष महान समारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा हुनेछ । नुमाङगेन्ना सेवामा ७० जना माङसेवासाबा, माङसेवासामाबाट साम्जीक मुन्धुम वाचन हुने महान सेवा समारोह अध्यक्ष योङहाङले बताए । यस वर्षदेखि प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि व्यवस्था गरिएको छ ।

जन्मोत्सव कार्यक्रम अन्तर्गत मंसिर १९ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माडआशीर्वचन, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण हुने जनाइएको छ ।

समारोहका सांस्कृतिक विभाग संयोजक तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अनुसार विगतका वर्षझैं मंसिर १८ र १९ गते साँझ बृहत सांस्कृतिक कार्यक्रममा माङसेबुङ इक्ला गायन प्रतियोगिता सञ्चालन हुने छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु