माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (आइतबार) माङसेबुङ गाउँपालिका इलाम र तिजोक युवा क्लब पाँचथर प्रतिस्पर्धा गर्दैछन् ।
इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने आजको फाइनल खेलमा माङसेबुङ र तिजोक पाँचथर उपाधीको लागि भिड्ने भएको हो । फाईनल खेल अपरान्ह साढे दूई बजेदेखि सुरु हुनेछ ।
Advertisement
प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोच समेतले नगद पुरस्कार पाउनेछन् ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा अवसरमा आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा ८ मंसिरदेखि संचालित प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो ।