बेलडाँगीको माङपोक्लुङ माङहिममा धार्मिक प्रशिक्षणको आयोजना

माङसेबुङ ।  झापाको दमकस्थित किरात माङपोक्लुङ माङहिममा किरात धार्मिक प्रशिक्षण गरिएको छ । किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको आयोजनामा माङसेबुङ भ्रमणमा आएका किरात धर्मावलम्बीको सहभागीतामा बुधबार किरात धार्मिक प्रशिक्षण सम्पन्न गरिएको हो ।

प्रशिक्षणको सहजकर्ता किरात धर्मका तुम माङसेवासाबा तेजबहादुर थङलङ रहनु भएको थियो । थङलङले किरात धर्मको कर्म संस्कार अनुसार जन्म, विवाह र मृत्युमा गरिने संस्कारबारे प्रशिक्षण गर्नुभयो ।

Advertisement

कार्यक्रममा महागुरु फाल्गुनन्द स्मृति प्रनिष्ठान जिल्ला शाखा झापाले भुटानी शिबिरमा रहदाका बेला किरात धर्ममा योगदान गरेकालाई सम्मान गरेको थियो ।

यस्तै किरात कम्युनिटि अर्गनाइजेसन अफ अमेरिकाले नेपालको बेल्डागीमा रहेर किरात धर्ममा योगदान गर्ने र तुम सेवासाबा थलङलाई सम्मान गरेको थियो ।

अमेरिकाको माङसेवासाबा प्रमुख के के सोङमेनको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा किरात साम्यो माङसेवासाबा मुजो्त्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुम, किरात कम्युनिटी अर्गनाइसेजन अमेरिकाका सल्लाहकार डिजे खालिङ, शिबिरका भिम गुरुङले मन्तव्य राखेका थिए ।

कार्यक्रममा अमेरिकाको २६ ओटा राज्य प्रतिनिधि, बेल्डागी शिबिरका प्रतिनिधि लगागतको बृहत भेला भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु