आशीर्वचन , अशान्तिलाई शान्ति पार्ने मूल मन्त्र किरात धर्ममा मात्र छ – किरात धर्मगुरु ( भिडिओ )

विश्वमा अशान्तिलाई शान्त पार्ने मूल मन्त्र किरात धर्ममा मात्रै रहेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भयो । अङसीमाङले भन्नु भयो, ‘अमेरिकासंग मिसाइल होला, रसियासंग मिसाइल होला तर, पृथ्विमा ठुलो आगो लागेर आयो भने महागुरुले दिनु भएको मन्त्र छ , यसले मात्र मानव सेवा र शान्ति दिन्छ ।’

मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको आयोजनामा  मंसिर ५ गतेदेखि निजी गुरु आश्रममा सम्पन्न सावायेहाङ मुबेक्वा आप्लुङगेन ताङसेप चोमेन सेवा नु गुरुकुल परिवार माङगेन्ना सेवा तथा फुलमाला ग्रहण कर्यत्रममा आशीर्वचन दिनु हुँदै अङसीमाङ सो कुरा बताउनु भएको हो ।

Advertisement

विश्वमा ठुलो ठुलो शक्ति राष्ट्रहरुबीच लडाइ भइरहेको बताउनु हुदै , शान्तिको लाागि माङमा सेवा गरेको बताउनु भयो, वहाँले युक्रेन र रसियाको युद्ध , इजराइल र हमासको युद्धमा मान्छे धेरै मरेको बताउनु हुदै त्यस क्षेत्रको लागि शान्तिको निम्ति प्रार्थना गरेको सुनाउनु भयो , युद्ध लम्बिन्दै गए विश्व युद्ध हुने बताउनु हुदै , अघोशित विश्व युद्धको संकेत रहेको बताउनु भयो ।

अङसीमाङले समाजमा कुरिती कुसंस्कारबाट टाढा रहनुपर्ने बताउनु हुदै , खानपिनमा शुद्धता,व्यवहारमा शुद्धता भए फराकिलो सोचविचार आउने भएकोले माङको नजिक हुने अङसीमाङले आशिर्वचनमा सो कुरा बताउनु भएको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु