निजि गुरु आश्रममा फुलमाला कार्यक्रम सम्पन्न

माङसेबुङ । इलामको माङसेबुङ ५ अवस्थित निजी गुरु आश्रममा सप्ताहव्यापी सावायेहाङ येत् नाम्धुङ लाधुङसेमी सेवा तथा फुलमाला कार्यक्रम सम्पन्न गरिएको छ ।

मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको आयोजनामा  मंसिर ५ गतेदेखि निजी गुरु आश्रममा सुरु गरिएको सावायेहाङ मुबेक्वा आप्लुङगेन ताङसेप चोमेन सेवा नु गुरुकुल परिवार माङगेन्ना सेवा आज आइतबार अङसीमाङ र अङसीमामाङको हस्तबाहुलीबाट फुलमाला ग्रहण कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको अध्यक्ष केहेरसिं योङहाङले महाबत्तीमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो ।

अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ तथा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको देवसवारीमा भएको कार्यक्रममा अङसीमाङले अमृतमय आशिर्वचन समेत प्रदान गर्नुभएको थियो ।

फुलमाला ग्रहण कार्यक्रममा नेपालको विभिन्न जिल्लाहरु झापा , मोरङ, सुनसरी,धनकुटा , पानथर, ताप्लेजुङ, इलाम , काठमाडौ उपत्यका लगायतका भक्तजनहरुले फुलमाला ग्रहण गरेका थिए । यसैगरि अमेरिका , हङकङ, बेलायत , भारत भुटान , आसाम, दार्जिलिङ लगायतका किरात धर्मावलम्बीहरुले अङसीमाङ तथा अङसीमामाङज्यूहरुको हस्तबाहुलीबाट फूलमाला ग्रहण गरेको थियो ।

कार्यक्रम गुरु निजिकृषि समितिका अध्यक्ष टिकाराम केरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम  सचिव लाबुनहाङ केरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु