माङसेबुङ । भारतको आसामबाट तीनजना किरात धर्मावलम्बीहरुले विश्व शान्तिको कामना गर्दै माङसेबुङसम्म धार्मिक पदयात्रा सुरु गरेको छ ।
आसामको लाखिमपुर जिल्लाबाट मंसिर ३ गते ११ नोभेम्बर २०२३ मा सुमन राई , पन्चबहादुर राई र राज लिम्बुले किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र पुण्यभूमि किरात धर्मगुरु गुरुआमा ज्यूहरुको निजि गुरु आश्रम लारुम्बा माङसेबुङ इलाम सम्म धार्मिक पदयात्रा सुरु गरेको जनाइएको छ ।
Advertisement
अहिलेसम्मकै लामो धार्मिक पदयात्रा सुरु गरेका उनिहरुले पदयात्राको सम्पूर्ण जानकारी महागुरु फाल्गुनन्द दिव्या ज्ञान फेजबाट पदयात्राको जानकारी दिदै आइरहेका छन् ।
https://www.facebook.com/profile.php?id=100086788632298&mibextid=kFxxJD