ओत तागेरा निङवाभू माङे सेवारो
आज विश्वभरका हाम्रो भक्तप्रेमी प्यारा प्यारा मेरा चेलाभुलाहरु ।
आज यो हामीले पूर्वबाट बगेर आएको माइठकुरानी,देउमाइ,मेक्वामाइको संगमस्थल फुलुङगी भन्ने थलोमा आज हामी भेला भएकोछौ । र, तपाईहरुको निमित्त तपाई हाम्रो लागि हामीले माङबाट बलमान माग्ने कुरा सिद्दिशक्ति माग्ने कुरा गदै आइराखेकोछौ । र, यो भन्दा पहिला हामी नक्कलेघाट तमोरखोलामा लाखध्वजा करोडौ बत्ति बालेर हामीले लाखध्वजा चढायौ । त्यसमा पनि हामीले गालीश्राप बहन्ति गर्यौ । हाम्रो हिजो पितापुर्खाले हाम्रो बुवा आमाले बिगारेको कर्म बिगारेको धर्म बिगारेको पाप यी सबै बहन्ति होस । र, यो सबै बगेर गएपछि हामीमा शान्त मिलोस हामीमा दुख नहोस र हामीलाई शान्ति मिलोस भनेर हामीले जो वरदान मागेकोछौ । त्यो वरदान हामीलाई प्राप्त भएको छ । लगत्तै हामी फेदेनको सुम्हात्लुङमा हामीले सेवा लगाएकोछौ । त्यसमा पनि त्यहाँ हाम्रो उहिले याक्थुङहाङसा हुदाखेरी हामी त्यहाँ लडाई झगडा गरथौ त्यहाँ मारमार गरेकोथ्यो धेरै मान्छे मरेकोथ्यो तिनिहरुलाई मुक्ति दिलाएर हाम्रो भविश्य उज्वल होस भनेर हामीले शक्ति मागेकोछौ । त्यो शक्ति पनि हामीले प्राप्त गरेकोछौ ।
Advertisement
यासक कुम्मायकमा र कुस्सायकमा युमा साम्माङ थान्छिङमा गरेको थलो उत्पति भएको थलो त्यस थलोमा पनि हामीले सप्ताहव्यापी सातदिने सेवा लगायौ । त्यो हामी अझै सहज तरिकाले पूरा गरेको छौ । हामीले शक्ति वरदान मागेका छौ । त्यो शक्ति हामीले पाएकोछौ । र, बिट मारर्ने क्रममा अब यो फुलुङगी भन्ने ठाउझै कस्तो हो भने उहिले हाम्रो पुर्खाहरु यहाँ पौडी खेल्नु जम्मा हुन्थ्यो माघेसंक्रातीको समयमा र पानीमा डुबेर निस्कीदा फुलुकलुकलुक काम्थ्यो र फुलुङगी नाम राखेको हो । यो नाम लागेको हो । यो फुलुङगी स्थलमा पनि महान सेवाको योजना र्गयौ । यो हामीले सफल गरिराखेको छौ । यहाँ पनि हामीले सिद्धिशक्ति मागेकोछौ । गालिश्राप वहन्ति गरेकोछौ । त्यसकारणले गालिश्राप वहन्ति भएको छ । पितापुर्खाले पाप गरेको पाप कर्महरुलाई पनि हामीले वहन्ति गरेकोछौ धुइपखाली गरेकोछौ । र, हामी त्यसबाट पनि हामी सिद्धिशक्ति एउटा उर्जा मिलेको छ । र,यो थलो पवित्र थलो हो । यो डाँडामाथि थालाचेप्पादेखि आएर चेम्भुवा हुदै यो डाडा यहाँ टुङगिएको छ । र जीतपुरको डाडा पल्लोबाट यहाँ आएर टुङगिएको छ । मिक्लुकको डाडा यहाँ झरेर टुङगिएको छ ।
यो संगमस्थल हो । यो अत्यन्तै धार्मिक थलो हो । धार्मिक हिसाबले ज्ञान प्राप्त गर्ने थलो हो । ज्ञान सिद्धि हुने थलो यहाँ हामीले टेक्दै मोक्ष प्राप्त गर्ने थलो हुनाले तपाईहरुलाई यहाँ निम्त्याएर तपाईहरुलाई आह्वान गरेर यस थलोमा हामीले जम्मा गर्न लगाएको हो । र, महागुरु फाल्गुनन्दले महमाई भगवती युमाले जुन शक्ति प्रदान दियो त्यो थलो खत्रक्पा यहि पारी छ । र, सत्येदाताले महागुरुलाई ज्ञान दिएको थलो यो हो । र, मैले पनि छ महिना तपस्या गर्दाखेरी महान शक्ति प्राप्त गरेको यहि थलो हो । यो दुइटा संगमस्थल छ । त्यसकारणले यसमा हामी आएर हामीले जो शक्ति माग्छौ हामीले जो बरदान माग्छौ मनआकाङक्षा जो हामीले माग्छौ त्यो सिद्ध हुन्छ । र, माङशक्ति हाङशक्ति दुवै सिद्ध हुन्छ । यस्तो थलो हो यो त्यसले गर्दाखेरी तपाईहरु यसपाल यो कार्यक्रम हामी माथि माङसेबुङ पनि गर्ने थियौ । तर , माङसेबुङमा धेरै नआटिने पानीको अभाव हामी नुवाइधुवाइ धेरै गर्नुपर्छ हामीलाई पानी धेरै चाहिन्छ । रुख दाउरा पनि चाहिन्छ । पत्ता नि धेरै चाहिन्छ । त्यसकारणले सिङच्वाले काप्तुवा तेन कयो आजुम्मिल्ले मिःजामा तकथोकमा चाःमा सिङच्वाल्ले खाचो आम्बोङनेन्न । त्यसले गर्दाखेरी तपाईहरुलाई यहाँ भेला गरेको हो । र, अब हामीले गालीश्राप बहन्ति गर्यौ म आफैले खटे,खटिराखेको छु । र, हाम्रो गालीश्रापहरु हिजो हाम्रो पितापुर्खाहरु कस्तो थियो भने झगडा गर्नु नजान्ने लडाई गर्न नजान्ने यस्तो खालका थिए । र आफै दाजुभाई बाझने आफै दाजुभाई भित्र मारामार गर्ने आफनै दाजुभाइबीच कुटाकुट गर्ने आफ्नै दाजुभाई मारामार गर्ने यस्तो परम्पराले गर्दा हामीलाई पापले स्वाट्टै ढाकेको थियो । यो पापलाई पन्साउनको निमित्त हामीले जोड दिइराखेकोछौ । र, महागुरुको समयमा र महागुरुको पालामा यो पाप धेरै पन्सिएको थियो र मेरो पालोमा पनि यसको चौगुना अलिक पन्सिएको छ । र , म एउटा कथा भन्छु र यहाँनेर याक्थुङहाङ हुदाखेरी याक्थुङबाहरु एक थियो । जब थिबोङहाङ भयो याक्थुङबा मासियो । त्यसकारणले हामी याक्थुङहाङहरुले राज गर्न जानेना । शासन गर्न जानेना धर्म गर्न जानेना । धर्म गर्न नजान्नाले शासन गर्न नजान्नाले हामी पापमा डुब्यौ । हामी पापै पापमा गरेकोछौ । त्यसकारणले हामी त्यो पापबाट उस्किनुको निमित्त त्यसबाट हामी मोक्ष हुनको निमित्त यो कार्य गरीराखेकोछौ ।
र, तपाईहरुले राम्रो सुन्नुहोला यहाँनेर याक्थुङहाङ हुइन्जेल हामी एउटा थियौ । थिबोङ भएपछि थिबोङको दश लिम्बू हो । दश लिम्बू भएपछि हाम्रो दिमाग बाडियो बुद्धि बाडियो शक्ति बाडियो हामी समाप्त भयौं । त्यसकारणले अब थिबोङ याक्थुङसाहरु एक होस संसारलाई एउटा परिचय दिने एउटा कार्यक्रम गरौ। संसारले चिन्ने बाटो माध्यम गरौ भनेर हामी सबै लागि परिराखेकोछौ । र, हामी पाप साह्रै धेरै छ । हामीमा म एउटा कथा भन्छु तपाईहरुलाई तपाईहरुले हामी थेबा साम्माङ थेबा साम्माङलाई थेप्मा गर्दा हामीले थेबा साम्माङलाई सेवा गर्दा नेम्वाङहरुको नाम ल्याउनैपर्छ । थेबा साम्माङलाई नेम्वाङहरुले पासोमा पारेर लात्तीले लात्तीले दिएकोछ । माङलाई पासो पारेर लात्ती दिने पनि हामी नै छौ । युमा साम्माङलाई पुकार गर्दाखेरी चेम्जोङको नाम ल्याउनैपर्छ । यासोकेनी माबोहाङमा चेम्जोङहाङमा ए युमासाम्माङ भनेर हाम्रो मुन्धुममा लेखेकोछ । युमासाम्माङ विहे गरेर बस्ने चेम्जोङ हो । अन्तिममा लडाई झगडा भएर लप्पमा पोङमा भएपछि थे हाङ युमाइन अल्पिएको चेम्जोङहरुमा हो । र, अब नेम्वाङले बाख्राको मासु खानु हुदैन बाख्राको मासु खायो भने बौलाउछ । हा हा हु हु गरेर जंगल पस्छ र हाम्रो साम्बा माबोहाङहरुले राङ्गा खानु हुदैन राङ्गा खायो भने चिलाउने बिमार निस्किन्छ र घाउ खटिरा भएर मर्छ । र माबोहाङले पुकार्दाखेरी हामी दुङदुङेमाको मुन्धुम आउछ । दुङदुङेमा साम्माङ गरियो भने माबोहाङले नपुकारी हुदैन माथि चिनको कथा पो आउछ है त्यहाँ मुन्धुममा माबोहाङको राङ्गा खानु हुदैन अनि प्राय प्राय साम्बाहरुले राङ्गाको मासु खादैनन् । किन भने राङ्गा पहिले लडाई गरेर भाग्दाखेरी युमा नै राङ्गा भएर साम्बा माबो्हाङलाई बचाएको छ । त्यसकारणले खानु हुदैन भनेर वाचा गरेको छ । र , खायो भने अझै पनि बौलिने धतौने अनेक रोगहरु आउछ । र , यस्तो कथाहरु धेरै छ लिम्बुहरु भित्र । र , अब हामी किरातेश्वरहरु सबै भन्दा पनि म तपाईहरुलाई के अनुरोध गर्छु भने हाम्रो हाङचोक मेल्लेमरे हाङथिमआङ पे माङचोक मेल्लेमरे माङथिमआङ पे त्यो थिम नजानेपछि हाङ शक्ति माङ शक्ति दुइटै गयो । त्यसले गर्दा हामी म के भन्छु भने मिठो चिज खानेकुरामा लाग्यौं मिठो चिज खानेकुरामा लाग्यौ मेजमान खानेकुरामा लाग्यौं त्यसो गर्दा सबै कुरा बिर्सिदै गएपछि अहिले हामीसंग ज्ञान छैन । हामीसंग विवेक छैन हामीसंग दिमाग पनि छैन । साच्चै असली दिमाग त छ्रैन पो है यो कुरा ग्यारेन्टि छ । समाजमा काम गर्दा व्यवहारमा काम गर्दा यी सारा काम गरेर थाहा पाइन्छ । असली दिमाग हामीसंग छैन । त्यो असली दिमाग असली ज्ञान हामीसंग प्राप्त होस भनेर हामी प्रार्थना गरिराखेका छौ । हामीले ठुलो ठुलो सेवा लगाई राखेका छौ । हामीले यसबाजी त निक्कै ठुलो सेवाहरु भएको छ । करोड अरबौ खर्च हामीले गरेका छौ । हामीले तमोरमा एक करोड बात्ति हामीले चढायौ । यासकमा डेढ करोड बात्ति चढायौ सुम्हात्लुङमा डेढ करोड बात्ति चडायौं । यहाँ साडे दुइ करोड बात्ति हामीले चडायौं । अरबको वरिपरी हामीले बात्ति चडाई सकेको छौ । हामीमा शक्ति आउछ अब विवेक आउछ । अब विवेक सोच्ने शक्ति आउछ । सोच्ने कल्पनाहरु आउछ । र हामीले गरेको कुराहरु अब सिद्ध भएर जान्छ । म तपाईहरुसंग यो कुरा अनुरोध गर्न म चाहन्छु ।
र, अब माझ किरातमा एकथरी राई दाजुभाईहरु बाख्रा खान्छन । एकथरी राई दाजुभाईले बाख्रा र गोरु छुनु हुदैन । सुङसा भन्छ बौलिन्छ । र , यसको अर्थ के भन्दाखेरी किरातहरु हामी किरातीहरु पल्लो किरात वल्लो किरात माझ किरात भएर बाडिएर बसेका छौ । पहिले त राज्य पनि त्यसरी चलेको थियो । खानपानमा विवेक राख्ने खानपानमा शुद्धि राख्ने हाम्रो नितिले त्यो भन्छ । र , तपाईहरु म खानपानमा शुद्धि रहनु पर्यौ खाने लाउनेमा शुद्धता रहनु पर्यौ बोलिवचनमा पनि तपाईहरु शुद्धता रहनु पर्यौ । म यो कुरा तपाईहरुसंग हार्दिक अनुरोध गदै आइराखेको छु । र, तपाई हामीले खानपान जताभाबी खाइयो पिइयो भने यसमा रोगव्याधाहरु तपाईहरुले देखिरहनुभएको छ । तपाईहरुले खर्च पनि गरिरहनु भएको छ । अनेक क्यान्सरहरु अनेक किसिमका रोगव्याधिहरु शरिरमा पस्छ र रोगलाई हटाउनको लागि डाक्टरकोमा गएर जचाउनै पर्छ । दवाइपानीमा करोड रुपैया खर्च हुन्छ । त्यो करोड खर्च गर्ने हामीसंग पैसा हुदैन । त्यसले गर्दाखेरी तपाईहरु बेलैमा खानपानमा जोगिन्नुस । त्यो नै तपाईहरुको आत्मा पवित्र हो । आत्मामोक्ष हो खानपानमा शुद्ध हुनु भयो भने कुनै रोगव्याधिसंग टाढा रहनु हुन्छ । यो कुरा तपाईहरुसंग हार्दिक हार्दिक अनुरोध गर्न म चाहन्छु ।
र , सबै खानपानले ल्याउछ अहिले लो प्रेसर हाईप्रेसर चिनि विमार अनेक खालको विमारहरु खालखालको विमारहरु छन् । अहिले पृथ्विमा औषधि छछौ बिख खान्छौ अब दोकानमा गएपछि खागसव्जि किन्छौ । राम्रो फलेको किरा नलागेको खानु खोजेपछि त्यसमा विषाधि हान्या छ । त्यो हामी खाई हाल्छौ त्यो खाएपछि हाम्रो शरिरमा रोगहरु सुरु हुन्छ । खालखालको रोगहरु लो प्रेसर चिनि विमार हाई प्रेसर अनि के के भन्ने अनेक खालको विमारहरु उत्पति हुन्छ । त्यसले गर्दाखेरी हामी कृषकले किसानले मलहरु चलाउदा पनि आधुनिक भन्दा पनि प्राचिन मल चलाउनु राम्रो अर्गानिक मल चालाउनु राम्रो अर्गानिक मलले बनेको चिया खानु राम्रो म यहि भन्छु तपाईहरुसंग र, हामी ध्यान तपश्या गर्नु भनेको चिज झन राम्रो हो । हाम्रो शरिरले जहिले तहिले तन्दुरुस्त राख्छ ध्यान तपश्याले हाम्रो यो नाडीहरु हजारौ करोडौ नाडीहरु छ । यो जहिलेतहिले सूचारु रहन्छ । जहिलेतहिले तन्दरुस्त रहन्छ । त्यो भयो भने आयु पनि लामो हुन्छ । सबै कुरा राम्रो हुन्छ । म यो कुरा तपाईहरुलाई अनुरोध गर्न म चाहन्छु ।
आज हामी बडा रमाइलोसाथ भेला भएका छौ । आज हामीले तीन चार ठाउँ शक्ति मागेको माङवाहाङवा हामीले माङवाहाङवा बाड्नुपर्ने छ । र , यसमा विभिन्न धर्मावलम्बिहरु आउनु भएको छ । तपाइहरुले जो सोच चित्तले चिताएको पुग्छ । र, हामीले एकसय भन्दा धेरै पानी कोशीको पानी भेला गरेका छौ । यसबाजि मलाई अचम्म लागेको छ । तिलिङगानाबाट पनि एउटा योगी आउनु भएको थियो । उताबाट पनि पानी लिएर हामीलाई दिइराख्यो मलाई छक्क लाग्यो । बाइस कोशीको पानी पनि हामीले जम्मा गयौ । त्यो सफल भएका छौ । बाइस नदिको चै के भन्दाखेरी एउटा कथा आउछ हिन्दु शास्त्रमा आउछ त्यो चै रामायण रामको कथामा रामायण के आउछ भने रावणलाई रामलाई मार्दे पछि मलाइ ब्रम्हादोष लाग्छ भनेर २२ वटा नदिमा राम नुवाएको थियो । त्यहाँको पानी पनि ल्याएर हामी आज चोख्खिएको छौ । हामी सात समुन्द्रको पानी ल्याएर पनि चोख्खिएको छौ । नेपाल अधिराज्यभरिको त सबै जम्मा गयौ । हामीले थिम्पु ब्रम्हापुत्र यी बाहेकको जम्मै पानी जम्मा गरेर । हामी चोख्खिएका छौ यो हाम्रो पाप धुइपखाली गरेका छौ । मेरो पालामाझै यतिझै गरि राख्ने मेरो इच्छा भएकोले तपाईहरुलाई धुइपखाली गरि दिएको यो पाप धुइपखाली गरेपछि के हुन्छ भने तपाईहरुको आत्मामा सद्बुद्धि पलाउछ । सद्बुद्धि पलाओस भनेर सद्बद्धि पलाए पछि ज्ञान र विज्ञान त्यहि जन्मिन्छ । तपाईहरुको छोराछोरीहरु विद्धवान हुन्छ । राजनेता हुन्छ । हरेक कुरा हुन्छ । शिक्षाको क्षेत्रमा विद्धवान हुन्छ । वैज्ञानिक क्षेत्रमा विद्धवान हुन्छ । विद्धवान हुदै यो बाटो खुलिन्छ । यसले गर्दाखेरि यो बाटो मेलै तपाइहरुलाई आज खोली दिएको छु । र, तपाईहरुले किन हामीलाई पानीले छर्कायो भन्नु हुन्छ होला । हाम्रो गायत्री मन्त्रले तपाईहरुलाई धोएको छौ । के भन्छ भने हाम्रो मुन्धुमले साम्याङवा च्वा युप्पावा च्वा पित्च साम्बोगेन केधक यो च्वा नु साम्बोगेन च्वा नु वरुम आधासिङबा आइन जम्मा वरुम केधाआसी आजदेखि तिमिहरुले गरेको कर्म पूर्ण हुन्छ । तपाईहरुले गरेको सेवा माङमा लाग्छ । इस्वरले थाप्छ लिन्छ । इस्वर खुशी हुन्छ । यो कुरा हाम्रो साबुत छ । त्यसले गर्दाखेरी तपाईहरु यसले गर्दाखेरी हामी सात समुद्रको पानीहरु सबै लिएर तपाईहरुलाई चोख्याएको छु । हामी मान्छेले मान्छे भए पछि पाप गरिन्छ । पापसंग त कुनैपनि अछुत छैन । अलिकअलिक पाप गरेकै हुन्छ । त्यसकारणले उहिले हाम्रो याक्थुङबा साथिहरुले के गथ्यो भने खाम्मिक लुङमिक भनेर जम्मा हुन्थ्यो माङहुक गथ्यो जाड पनि ल्याउनुपर्ने रक्सि पनि ल्याउनु पर्ने कुखुरा ल्याउनु पर्ने बाख्रा ल्याउनु पर्ने मार्नु पर्ने अनि माङहुप गर्दाखेरि वाचावन्धन आज देखि गयौ भन्यो एकछिनमा त्यो खाएपछि लाप्पा खेल्यो त्यो वाचाहरुझै त्यो सरापझै फेरि थपिएर जाने चलन थियो । तर अहिले महागुरुको दर्शनले गर्दा हामी त्यो बाट धेरै अलग भएका छौ । हामी एकदम सहि बाटोमा छौ । अब यो गतिले हामीले २० बर्षसम्म अगाडी बढ्यौ भने हामी संसार हाम्रो हुन्छ । संसार हाम्रो हुन्छ संसारमा चिताएको हाम्रो यो कुरा तपाईहरुले सम्झिनु र आज तपाईहरुलाई यहाँ बोलाएर सात मूलको पानी सात समुन्द्रको पानीले तपाईहरुलाई चोख्याएको छु । आज शुद्ध भएर थाप्नु भएको माङवाहाङवा तपाईहरुलाई लाग्छ । र यो त्यसकारणले मैले यसो मनमा सम्झे यसो नगरी त भएन भनेर आजझै तपाईहरुलाई चोखयाएर आज माङवाहाङवा थाप्न लाउदै छु तपाईहरुलाई । र यस कार्यक्रमले यो तुम्बापो सयङ लाओती सयङ यो सात पगरीले तयार गरि अगाडी सारेको हो । र यिनिहरुले पहिले बोजु बगाएको छ । यिनिहरुले बोजु बगायो त्यहाँ पाप गरेको छ । त्यसलाई पनि अब शान्ति होस भनेर हामीले बल मागेका छौ । त्यो पाप हामी सबैमा सरेको छ । अब कसरी सर्छ भने कुल कुटुम्ब गरि हालिन्छ । कुलकुटुम्बबाट रगतबाट त्यो पाप सरेर आउछ । त्यसले गर्दाखेरि त्यसलाई पनि धुइपखाली गरेको हामीले चोख्याएको र हामी सबै चोख्खियौ भने हामी सारा संसार राम्रो हुन्छ । गाउँ राम्रो हुन्छ । जिल्ला राम्रो हुन्छ जिल्ला राम्रो भएपछि देश राम्रो हुन्छ । देश राम्रो भएपछि विदेश पनि राम्रो हुन्छ । यसले गर्दाखेरी हामीले यो कार्यक्रम गरेका हौ । आज स्वदेश विदेशबाट तपाईहरुले हेरीराख्नु भएको छ । हाम्रो कार्यक्रम हामी साच्चै कार्यक्रम आज पवित्र छ । राम्रो छ । अनि यो तपाईहरु बसेको हल बनाउनलाई समय लागेको थियो । अलिक भने जस्तो भएन तर पनि अब भावी सालहरुमा गरौला यो भन्दा अझ राम्रो मान्छे भेला हुने ठाउँ बनाउला हामी लाख करोडौ मान्छे भेला हुनुपर्ने छ । हामी भेला हुन्छौ तर ठाउँले अट्दैन मैले ठाउँ खोजिराखेको छु । त्यसले गर्दाखेरी एउटा यो ठाउँ बेष्ट भएको छ । यो तिर्थस्थल पनि हो । पानीपनि प्रशस्त छ । हामीलाई नुवाइधुवाइ गर्न नि सजिलो छ । हामी दाउरा पानी गर्न पनि सजिलो छ । त्यसकारणले यो ठाउँ अत्यन्तै पवित्र ठाउँ हामीले रोजेर तपाईहरुलाई सारा कुरामा उर्दी गरेर समाचार दिएर तपाईहरु भेला हुनु भएको छ । भेला हुनु भएकोमा मलाई ज्यादै खुशी लागेको छ । र, हामी यो थलो अत्यन्तै पवित्र बनाउनु छ । अब यो म डाडामा छ महिना बसेर महासिद्ध प्राप्त गरेको म । महागुरु पल्लोपट्टीमा बसेर सिद्ध प्राप्त गरेको थलो यो अत्यन्तै पवित्र थलो हो । यो यहाँनेर बस्यौ भने हाम्रो सोच हाम्रो विचारहरु अकै परिवर्तन भएर आउछ । यो तल्लो टापुमा गएर सोच्यौ भने अकै हाम्रो परिवर्तन हुन्छ । देउमाईको टापुमा गएर सोच्यौ भने अकै परिवर्तन हुन्छ । खत्रक्पामा गएर सोच्यौ भने अकै परिवर्तन हुन्छ । यस्तो खालको एउटा तरङ्ग आउछ यो थलोमा । त्यसले गदाखेरी तपाईहरु ध्यान गर्दा तपश्या गर्दा पछि आएर तपाईहरु बस्न सक्नुहुन्छद यसमा । त्यसले गर्दाखेरि जो जाति पनि इस्वरप्रति विश्वास लिने इस्वरप्रति विश्वास गर्ने मान्छे जुनसुकै जातिले पनि तपश्या गर्न सक्छ । म आज यो कुरा तपाईहरुसंग घोषणा गर्न म चाहन्छु । हामी तपश्या ध्यान जपतपमा धेरै कम्जोर छौ । तपश्या ध्यान जपतपमा हामी अगाडी बढ्नुपर्छ । यो ठुलो यो विकासको क्रम हो । यो आत्मा विकसित भएपछि सारा कुरा जान्ने अवसर आउछ । त्यसले गर्दाखेरी तपाईहरुलाई यो कुरा भन्न म चाहन्छु ।
आज हामी संगमस्थल बडा सितल गरीबसेका छौ । म त मान्छे यति जम्मा हुदैन जस्तो मनमा लागेको थियोे तर जम्मा भयौ । मैले सोचेको भन्दा धेरै भेला भएका छौ । र, अब हामी आज चैत १२ गते हो । अब समय गइसकेको छ । किसान गर्नेहरु त हतार पनि छ । त्यसले गर्दाखेरी अब हामी यसबाजीको सेवा हामी यहाँ टुङग्याउदैछौ । बिट मादैछौ यो आर्शिवादले आगुङ साल आउदो सालमा हाम्रो सेवाहरु बढ्दै जाओस । र मैले सोचेको छु । अब पर अरुण छेउतिर अरुण र सुनकोशीको दोभानतिर एकपटक ठुलो कार्यक्रम गर्नुपर्छ की भन्ने सोच त गरेको छु । के कस्तो हुन्छ माङको दया हो । र घुमिफिरी यहाँ त फेरी भव्यरुपमा करोडौ मान्छे जम्मा गराउने मेरो इच्छा पनि छ । त्यसकारणले गर्दा यो ठाउँ सुट भएको छ । तपाईहरुले यहाँ टेक्तै तपाईहरुको पाप काटेको छ । आज पानीले मैले तपाईहरुलाई छर्काउन पाए तपाईहरुको पाप आदि भन्दा धेरै धोएको छ । र तपाईको सोच विचार सपना विवेक के आउछ तपाईहरुले विचार गर्नु होला र म यहि कुरा भन्छु । र सबै भन्दा पनि खानपानमा पवित्र रहनु , म यहि भन्छु तपाइहरु चुरोट बेडी सिग्रेट हेरोइन चरेस अनेक धतुरोहरु नखाने तपाईहरु मनलाई जहिले सफा राख्ने । दिमागलाई जहिले सफा राख्ने हाम्रो दिमाग भनेको मन्दिर हो । त्यो मन्दिरलाई जति सफा गयौ उति ठुलो ठुलो सोचहरु ठुलो ठुला विचारहरु जन्मिदै आउछ दार्शनिक विचारहरु जन्मिदै आउछ । त्यसकारणले तपाईहरुलाई यो कुरामा जोड दिइराखेको छु तपाईहरुलाई सम्झाइराखेको छु । र बुझाइराखेको छु । म यहि कुरा तपाईहरुसंग हार्दिक अनुरोध गर्न म चाहन्छु ।
अब म धेरै लामो म जादिन आज तपाईहरु माङवाहाङवा बाड्नुपर्ने माङवाहाङवा भनेको अर्थ माङवा देव शक्ति हाङवा हाङ शक्ति माङवा देव शक्ति बाड्नुपर्ने माङवाहाङवा अनि अन्न शक्ति धन शक्ति रुपैयाको शक्ति सुनचादीको शक्ति सबैलाइ यज्ञ लगायौ त्यसको उपलब्धि त्यसको भक्ति गरे र ध्यान गरे मेवा फल्छ भन्ने एउटा उखान छ । हामीले गयौ फल पाउछौ । त्यसको फल तपाईहरुले लगेर जानुहोस । यहाँनेर आसामका आइराखेका छन् । भुटानका आइराखेका छन् । र हामी सिक्किम र दार्जिलिङका पनि देख्या छु । र इङलेण्डको अमेरीकाको अष्ट्रेलियाका सबै ठाउँका भक्तजनहरु स्विजरलैन्डकाहरु आइराखेकोे हुनुहुन्छ । तपाईहरुले म यहाँ उभेर बोलिराखेको कुराहरु भरै अनेक च्यानलबाट हेर्न सक्नुहुनेछ । र धर्म संसारभर हाम्रो धर्म व्यापक हुन्छ । र भोली गएर विश्वमा आमुल परिवर्तन हुन्छ । यो सोचिराख्नुस तपाईहरुले अब विश्वमा आमुल परिवर्तन हुन्छ । हिजो अस्तिको परिवर्तन त केहि होइन । त्यसको बाजे परिवर्तन हुन्छ । अब त्यस्तो दिन आउदैछ । तपाईहरुले राम्रो याद गर्नु धर्मकर्म नछोड्नु माङ सम्झिनु नछोड्नु उठे बसे माङलाई सम्झिनु अब हामी एक खालले के भन्छ भने महादेवका वच्चाहरु भन्छ हामीलाई । कैलासपति महादेव पार्वतिको वच्चा सन्तान पनि भन्छन् । इतिहास हेर्दा हो पनि हामी पर्वत हौ पर्वतको राजा हौ पहाड पर्वतमा बस्ने पर्वत राजा हौ । पर्वतको छोरी त पार्वति हुन् । पार्वति त महादेवले मन पराएर माग्यो महादेवलाई हामीले कन्यादान दिएको हौ । र यो शिवशंकर महादेवको पनि यो एउटा थलो हो । यो हिमालहरु महादेवको ससुराली गाउँ हो । र महादेव हाम्रो ज्वाइचेला हो । वहाँको शक्ति पनि छ । किरातेश्वर महादेव बोले शम्भु कैलासपति शक्ति त्यो पनि छ । त्यसले गर्दाखेरी हामीले त्यो शक्तिमा पनि हामी अडेको छौ बाचेका छौ । हाम्रो आफ्नै मुन्धुमले के भन्छ भने राई वान्तावाले भन्छ सुम्निमा पारुहाङ भन्छ । त्यसैले हामी भन्छौ युमासाम्माङ थेबासाम्माङ हिमसाम्माङ भन्छौ । त्यसैले र आफ्नो आफ्नो भाषामा छ । त्यसले गर्दाखेरी हामी माङको शक्तिमा छौ माङको थलोमा छौ । हामीले यो कुरा सम्झौ संसारमा संसारको भूभागमा जहाँसुकै पुगेपनि यो माङथलोलाई नबिसौं भन्ने तपाईहरुसंग म अनुरोध गर्न चाहन्छु । र हामीले अब गदै जानुपर्छ अब जम्मा हुदा यसको ठिक हामीले करोडौ मान्छे यहाँ भेला हुनुपर्ने दिनहरु आइराखेको छ । अब हुन्छौ ।
यसबाजि पनि धेरै मान्छे जम्मा हुने हो नेपालमा अलिक गडबड आइराखेको छ । नाराजुलुस के के भइराखेको छ । त्यसले गर्दाखेरी मान्छे यहाँ भेला हुन नसकेको हो । यो भन्दा बर्ता भेला हुन्छौ आगुङ त यो भन्दा धेरै भेला हुन्छौ होला भन्ने मलाई लागेको छ । र तपाई हामी सबैले आत्मा मन मनमा राख्ने र शक्ति प्राप्त गर्ने शक्तिले युज गर्ने र मैले दिएको आर्शिवादहरु लाग्छ कि लाग्दैन भनेर टेष्ट गरेको छु । लागेको छ । भस्मासुरको कथा आउदैछ त्यहाँ उहिले महादेवले जलन्धर ऋषिलाई आर्शिवाद दिएछ । तथास्तु भनेर भनि हाल्यो के माग्छस भन्दा जस्को हातझै शिरमा म राख्छु त्यो झै भस्म हुने माग्छु भने छ । राक्षस त राक्षसकै कर्मको आर्शिवाद माग्दो रहेछ है । तथास्तु भनेर दियो अनि भरै हेदै जादा जादा त पार्वति राम्री देखेछ । पार्वतिलाई लगि दिनु परयौ भनेर शिवजीको शिरमा हात राख्न लाई पछ्याउदा खेरी लाई खेद्दा खेद्दा हरेक भो शिवजीको जिम्मा थियो रे पानी पार्ने पानी पदैन पृथ्वि सुख्खा भइसक्यो कता गयो भनेर खोजी गर्दा त भागेको भागेकै शिवजी अनि होइन शिवजी त तल भाग्दैछ यस्तो पो भयो भन्दा खेरी हा भनेर विष्णुलाइ भन्यो रे अनि विष्णु पो त्यहाँ ठ्याक्क दर्शन भएपछि अनि त्यो जलनधरलेझै होइन जलनधरजी त्यो शिवजीले दिएको आर्शिवाद लाग्छ लाग्दैन भनेर टेष्ट पो गर्नुपर्छ । शिरमा आफै पहिला राख्नुस हो पहिला । टेष्ट गरेपछि मात्रै पो प्रयोग हुन्छ त भनेपछि आफ्नो शिरमा ठ्याक्क राख्दा भष्म भयो । त्यस्तै आर्शिवाद त हामीले दिन्छौ लाग्छ तर जानिएन भने आफै भष्म भइन्छ । लेप्टेन जर्नेल क्याप्टेनको फिता लगाइन्छ । त्यो उकाउने शक्ति पनि हुन्छ क्या । त्यो उक्काउने शक्ति हामी संग हुन्छ । त्यसकारणले आर्शिवाद त लाग्छ जानेनन् भने भष्मसुर हुन्छ आफै नष्ट हुन्छ । त्यसकारणले हामीले त्यो कुरा पनि अलिकति बुझिराखौ । मैले टेष्ट गदैछु मेरो आर्शिवाद कतिको लाग्छ भनेर लागेको छ । तर उसले प्रयोग गर्न जानेनन् भने उ आफै भष्म हुन्छ । कुरो त्यो र आर्शिवाद तपाईहरुलाई दिइराखेको छु । त्यो विपरित गयो भने त तपाईहरुलाई आफै नष्ट हुनुहुन्छ । आर्शिवाद त लाग्छ तपाईहरुलाई मैले दिएको कसैले धन शक्ति कसैले जनशक्ति कोही भर्ति हुन्छौ हुदैन कोही उता विदेश जान सकिन्छ सकिन्दैन भनेर क्यु छ म संग । सबैले पाएको छ । सबै गइराखेको छ । मनोकामना पूरा भएको छ । त्यस्तै तपाईहरु यहाँ आएर के के माग्नु भयो त्यो मनोकामना पूरा हुन्छ एकाएक तर भष्मासुर जस्तो नहुनु है भष्मासुरको रुप लियो भने आफै धस्त हुन्छ । कुरो यसो हो त्यसले गर्दाखेरी आचारसंहिता हुन्छ क्या जुन कुरामा पनि आचारसंहिता हुन्छ । त्यो नाघियो भने आफै भष्म भइन्छ । त्यसले गर्दाखेरी त्यो कुरालाई पनि तपाईहरुलाई अलिकति जानकारी गराउदै र अब हामी एक भएर जाउ । किरात धर्मलाई संसार बढाऔ हाम्रो धर्मलाई विश्वभर बढाउदै लैजाउ । अबौ करोडौ अबौ भेला हामी धर्मावलम्बि भेला हुने वातावरण बनाउ । म यहि कुरा नै तपाईहरुसंग हार्दिक अनुरोध गदै आजको मेरो धार्मिक उपदेश धार्मिकरुपमा म बोलिराखे छु ।
विश्वशान्ति मानव एकता विश्व शान्ति होस भनेर मेरो कामना छ । मेरो व्याक्तिगत कामना हो । विश्वशान्ति मानव एकता मानवमा मानवमा झगडा भयो भने केहि हुन सक्दैन केहि विकास गर्न सक्दैन । अब विश्व युद्धको स्वरुप पनि अलिकअलिक देखा परेको छ । विश्वयुद्ध हुन्छ कि भनेर शंका भइराखेको छ । विश्वयुद्ध भए विश्वमा नै मान्छेहरु विचल्ली हुन्छ । फाइटर हुदैन हवाइजहाज हुदैन गाडी गुड्दैन उतै उतै रोकिन्छ यतै यतै बन्द हुन्छ । त्यसैले गर्दाखेरी विश्वशान्ति मानव एकता को शव्द हामीले उठाइराखेका छौ । यो संसारले भोली सम्मान गर्छ । यो शव्दमा संसार एकताबद्ध हुन्छ । त्यसकारणले गर्दा हामीले अहीले नै यो शव्द उठाइराखेकोछौ । विश्वशान्ति मानव एकता मानव एकता र विचविचमा ससाना भाग बण्डामा मिलिन्दैन झगडा गरिन्छ झुलुस लगाइन्छ पाप त गरि हालिन्छ । त्यो पाप धमर्ले मात्रै धुन्छ । त्यो पाप धर्मले मात्रै धुन्छ अरुले त धुदैन अनि हामीलाई धर्म भयङ्कर गर्नुपर्छ धर्मले धोयो भने हाम्रो भावी सन्तानहरु हम्रो शाखा सन्तानहरु उज्यालिएर जान्छ । विकास भएर जान्छ । धन सम्पत्ति कमाउछ । नाम कमाउछ । हरेक कुरामा सिद्धि भएर जान्छ । यहि कुरा तपाईहरुसंग हार्दिक हार्दिक अनुरोध गदै आर्शिवाद दिदै यहि नै मेरो सानो मेरो बचन टुङ्याउन चाहन्छु । आसेवारो । समाप्त ।
इलामको माङ्सेबुङ गाउँपालिका ३ स्थित किरात धर्मगुरु ज्ञानभूमि फुलुङगीमा आयोजित किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक नु माङहुप वादेम्मा समापन सेवा २०७९ चैत ६ गतेदेखि सप्ताहव्यापी सेवाको अवसरमा १२ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्युले प्रदान गर्नुभएको अमृतमय आशिर्वचनको साफी योगेश लाओतीले गर्नुभएको हो ।