सप्ताहव्यापी सावायेहाङ सेवा गुरु निजि आश्रममा हुदैं

माङसेबुङ । विश्व शान्ति मानव एकता तथा चराचर सृष्टि रक्षार्थ सावायेहाङ लाधुङसेमी सेवा हुने भएको छ ।

इलामको माङसेबुङ गाउँपालिका ५, स्थित किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ तथा मुहिङगुम मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङ्देन ज्यूहरुको निजि गुरु आश्रम लारुम्बामा सप्ताहव्यापी सावायेहाङ थेत्नाम्धुङ लाधुङसेमी सेवा आयोजना हुने भएको हो ।

Advertisement

बर्षेनी आयोजना गरिदै आएको सेवा यस बर्ष मंसिर ५ गतेदेखि ११ गतेसम्म आयोजना हुने गुरु निजि आश्रम कृषि तथा भौतिक निर्माण आर्थिक व्यवस्थापन समितिका कोषाध्यक्ष शेरबहादुर लाओतीले जानकारी दिए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ तथा अङसीमामाङ साम्बा पवित्रहाङमा लिङ्देनज्युहरुको आयोजनामा विश्व शान्ति मानव एकता र चराचर सृष्टि जगतको लागि सप्ताहव्यापी सेवाको आयोजना गरिएकोले उक्त सेवा आयोजक समितिले सम्पुर्ण श्रदालु भक्तजन महानुभावहरुमा उपस्थितिको लागि निमन्त्रणा समेत गरिएको छ ।

कार्यक्रम
मिति २०८० मंसिर ५ गते उपस्थिति
मिति २०८० मंसिर ६ गते गोठ पूजा
मिति २०८० मंसिर ७ गते साक्मुरा वादेम्मा ।
मिति २०८० मंसिर ८ गते बिश्व शान्तिका लागि सावायेतहाङ येत नाम्धुङ लाधुङ सेमि सेवा ।
मिति २०८० मंसिर १० गते किरात धर्मगुरु आङसीमाङ आत्मानल्द सेइङ र अङसीमामाङ साम्बा पवित्रहाङमा लिङ्देन ज्यूहरुको हस्तबाहुलीबाट ऐतिहासिक भक्तजनलाइ फुलमालाले सम्मान तथा अमृतमय आशीर्वचन ।
२०८० मंसिर ११ गते बिदाइ ।

आयोजक
गुरु निजि आश्रम कृषि समिती
गुरु निजि आश्रम कृषि तथा भौतिक निर्माण आर्थिक व्यवस्थापन समिती
स्थान ,गुरु निजि आश्रम, माङसेबुङ ५, लारुम्बा, इलाम

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु