शिवसताक्षीमा फाल्गुनन्द लिङ्देन १३९ औं जन्मजयन्ती मनाइयो ( तस्वीर )

दमक । झापाको शिवसताक्षी -९, चिल्लागढमा महागुरु फाल्गुनन्द १३९ औ जन्मजयन्ती कार्यक्रम शनिबार मनाइएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको गरिमामय देव समुपस्थितिमा  चिल्लागढधाम स्थित महागुरु फाल्गुनन्द लिङ्देनको  १ सय ३९ औ जन्मजयन्ती कार्यक्रम  भव्यताकासथ मनाइएको हो ।

Advertisement

अङ्सीमाङ तथा अङ्सीमामाङहरुको हस्तबाहुलीबाट चिल्लागढधाममा  अवस्थित नवनिर्मित  किरातेश्वर हाङ्साम माङ्हिम उद्घाटन एवं फाल्गुनन्द लिङ्देको प्रतिमामा समेत अनावरण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरण मन्त्री माननीय वीरेन्द्रप्रसाद महतोले महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ती मूल समारोह कार्यक्रमको  दिपप्रज्वलन गरि  समुद्घाटन गर्नुभयो । त्यस्ततै किरात धर्मगुरु लिङ्देन  आत्मानन्द सेइङ` ले  आशीर्वचन समेत प्रदान गर्नुभएको थियो ।

समारोहमा किरात चोल्तुङ मुहिङगुम  अङ्सीमाङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङ , उपाध्यक्ष  कमल्ल  किरात धर्मगुरु निजि सचीव टंक लिङ्देन, माननीय एमपी सावाँ , शिवसताक्षी नगरपालिका मेयर मेघराज थोप्रा ( रोशन ) लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, दिपेन वाला राई, नेपाल आदिवासी जनजाति झापा जिल्ला अध्यक्ष पाण्डव लाल चौधरी , लगायत  विभिन्न संघ सस्थामा आवद्ध प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम स्वागत मन्तव्य सह संयोजक डिल्लीहाङ इङनामले गरेको थियो । त्यस्तै औचित्य मन्तव्य किरात धर्म साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले  राख्नु भएको थियोे । भने ,कार्यक्रम चिरञ्जीवी खालीङले सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु