त्यसपछि फाल्गुनन्दले बन्दुक उठाए

महागुरु फाल्गुनन्दको उर्जाशील समय पल्टनमा वित्यो । जीवनको उत्तरार्धमा उनले शान्ति, अहिंशा, मानवता, समानता र प्रकृति संरक्षणका पक्षमा लागि पर्नुभो । हामी महागुरु फाल्गुनन्दको पल्टने जीवन खण्डबाट तत्कालीन नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवेशलाई चिहाउन सकिन्छ ।

त्यसपछि फाल्गुनन्दले बन्दुक उठाए

Advertisement

महागुरु फाल्गुनन्दको जन्म इलामको माङसेबुङ गाउँपालिका २ चुक्चिनाम्बा डाँडागाउँमा भएको थियो । उनी बुबा हंसवन्त (जगुनवाज) लिङदेन र आमा हंसमती बेघाको कोखमा वि.सं. १९४२ कात्तिक २५ गते जन्मिएका थिए । गरिब किसान परिवारमा जन्मिएका फाल्गुनन्दको बाल्यकाल र किशोरावस्था कठिन आर्थिक परिवेशमा गुज्रेको थियो । त्यसबेला विश्व राजनीति प्रथम विश्वको पूर्वसन्ध्यामा मडारिएको थियो ।
महागुरु फाल्गुनन्दका साइला दाई राजवन्त लिङदेन ब्रिटिस गोर्खा सेनामा बर्मामा कार्यरत थिए । राजवन्तका छिमेकी बलबधु योङहाङ पनि गोर्खा पल्टनमा कार्यरत थिए । वि.स. १९६४ बलबधु छुट्टीमा घर चुक्चिनाम्बा आएका थिए । बलबधुलाई राजवन्तले आफ्ना भाई फलामसिं (फाल्गुनन्दको चिनाको नाम) लाई पनि लिएर आउन भनेको थिए । पछि बलबधुका साथ महागुरु फाल्गुनन्द बर्मा पुगे ।

बर्मामा पुगेपछि पल्टनमा सैन्य पोसाक लगाउन उर्दी भएपछि मात्र आफू ब्रिटिस सेनामा भर्ती भएको थाहा पाए । बलबधुले नाम दार्जिलिङको गोर्खा रिक्रुटिङ डिपो घुम’ मा नै गोर्खाली सेनाका निम्ति नाम टिपाएका रहेछन् । शुरुमा वहाँले सैन्य तालिममा सहभागी हुन मानेनन् । सो कुरा रमेश तुम्बापो र मनकुमार फेजङले लेखेको ‘निस्सेहाङमा महागुरु फाल्गुनन्दको जीवनी’ मा उल्लेख गरिएका छन् । फाल्गुनन्दले ब्रिटिस गोर्खाली अफिसरलाई भने “यहाँ म त मेरो दाजु राजवन्तलाई भेट्न मात्र आएको हुँ । मलाई लडाई झगडा हत्या, हिंसा मन पर्दैन (तुम्बापो र नेम्बाङ, २०८०, २०)।” तर, त्यहाँ पुगिसकेका उनलाई फिर्ने कुनै मौका थिएन । अन्तत, उनी सैन्य तालिममा सहभागी भए । युद्ध कौसल, हतियार चलाउने तालिम लिए । त्यसपछि प्रथम विश्वयुद्धमा ब्रिटिसका पक्षमा बन्दुक उठाए ।

फाल्गुनन्द ‘सेभेन गोर्खा राइफल्स’का एक सिपाइका रुपमा तीन वर्ष काम गरेपछि हवल्दार पदमा पदोन्नती पाए । वहाँी भर्ती भएको तीन वर्षपछि स्वदेश फिर्न चाहेका थिए । तर, पहिलो विश्वयुद्धको पूर्वसन्ध्यामा ब्रिटिस सरकारले फाल्गुनन्दलाई सेवाबाट कटौती गर्ने कुरै भएन ।


ब्रिटिस गोर्खा सेनामा भर्ना हुनुपर्ने नियति

पहिलो विश्वयुद्धमा नेपालका पहाडी क्षेत्रबाट दुई लाख युवाहरु ब्रिटिस सेनामा भर्ती भएको झलक सुवेदीले ‘ब्रिटिस सामाज्यको नेपाली मोहरा, गोर्खा भर्तीको नालीबेली’ नामक पुस्तकमा उल्लेख गरेका छन् । महागुरु फाल्गुनन्दलाई भर्ती लिइएको ‘गोर्खा रिक्रुटिङ डिपो घुम’ दार्लिलिङ सन् १८९० मा स्थापना भएको थियो । सो रिक्रुटिङ डिपोबाट नेपालका पूर्वी पहाडी गाउँबाट दसौं हजार युवाहरुलाई भर्ना लिइन्थ्यो । घुम रिक्रुटिङ डिपोले नेपालको इलाम, धनुकटा, भोजपुर क्षेत्रका यूवाहरुलाई ब्रिटिस गोर्खा र आसाम राइफलमा भर्ती गराउने गरेका मिङमा पाख्रिनले आफनो लेख ‘घुम रिक्रुटिङ डिपो र गोर्खा स्टोरिज’मा चर्चा गरेका छन् ।

प्रथम विश्वयुद्धताका नेपालमा जम्मा ५०–५५ लाख मानिस र सरदर आयू २९ वर्ष थियो । देशमा गरिबी, रोग व्याधि र बेरोजगारी व्यप्त थियो । कृषिमा आश्रित तत्कालीन समाजका निम्ति ज्यान बन्दुकको नालअघि उभ्याएर पल्टन लाग्नु नेपाली नियती थियो । बेलायतको हाउस अफ कमन्सको डिफेन्स कमिटीले सन् १९८९ मार्च २ मा पेस गरेका एक रिपोर्ट अनुसार पहिलो विश्वयुद्धमा २० हजार गोर्खालीहरु मारिएका थिए ।

महागुरु फाल्गुनन्द पल्टन भर्ती हुँदा नेपाली ब्रिटिस गोर्खाली पल्टन शुरु भएको एक सयवर्ष नाघि सकेको थियो । वहाँ आवद्ध पल्ट ‘सेभेन्थ गार्खा राइफल्स’ (सेभेन्थ जि आर) सन् १९०२ मा गठन गरिएको थियो (सुबेदी, २०७५, ५३)। सो पल्टनमा खास गरेर लिम्बू र राई यूवाहरुलाई भर्ती गरिन्थ्यो । सन् १८१५ देखि नै अंग्रेज–नेपाल युद्ध (सन् १८१४–१६) का बन्दी नेपाली यूवालाई समेटेर गोर्खा पल्टन शुरु गरेको सुबेदी उल्लेख गर्छन् ।

महागुरु पल्टनमा रहँदा हिंसा, हत्या र मारकाटमा जोड गरेनन् । पल्टनमा पनि उनले ध्यान, जप र माङसेवा गरिरहनु हुन्थ्यो । पल्टनमा रहँदा फाल्गुनन्दको नाम ‘ध्यानी हवल्दार’ (तुम्बापो र नेम्बाङ, २०८०, २६) रहेको थियो । वि.सं. १९७१ देखि प्रथम विश्वयुद्ध शुरु भयो । उनी थुप्रै युद्ध र मुटभेटमा सहभागी थिए । तर, उनले ‘शत्रुलाई मार्छु भनेर कहिल्यै नसोच्नु’ भनेर आफ्ना सिपाईहरुलाई सम्झाउने गरेको उल्लेख भएको पाइन्छ ।

वि.सं. १९७५ कात्तिक २६ मा प्रथम विश्वयुद्ध समाप्त भयो । त्यसपछि ब्रिटिस गोर्खा सैनिकामा भर्ना भएका हजारौं यूवा नाम काटेर घर फर्किए । सोही क्रममा महागुरु फाल्गुनन्द १९७६ पुसमा स्वदेश फर्कनु भएका थिए ।

योद्धा बने शान्तिका अभियन्ता

पल्टनबाट फर्केपछि महागुरु फाल्गुनन्द शान्ति र अहिंसाको सन्देश छर्दै नेपाल, भारत र भुटानको यात्रा गरे । विश्वयुद्धको त्रासदी, हिंसा र नरसंहार भोगेर फर्केका महागुरु फाल्गुनन्दले युद्धले मानव समुदायमा पारेको चोटको पीडाबाट परिचित थिए । पल्टने जीवनपछि उनको अधिकांश समय पान्थरको लब्रे र सिलौटीमा बितेको थियो । पान्थर लब्रेमा वि.सं. १९८८ बैसाक २४ सत्यधर्म मुचुल्का निर्माण गरेर अहिंसा, शान्ति, शिक्षा, समानता र मानवतामा जोड दिएका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु