किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’सँग मेरो भेट वि.सं. २०३० मा भएको थियो। त्यसबेला वहाँको गुफा साधना सकिएको थियो। त्यसपछि वहाँसँग २२ वर्ष सँगै रहेर काम गरें। त्यस अवधिमा थुप्रै सांस्कृतिक आन्दोलन गरेका थियौं । निरंकुश पञ्चायती व्यवस्था भएकाले त्यस समयमा किराती जागरण र राष्ट्रियताका गीत गाउँदा निक्कै अप्ठ्यारो पनि भोग्नु पर्‍यो । वि.सं. […]

विश्व किरातीहरूको आस्थाको रूपमा रहेको किरातीहरूको पवित्र स्थल माङसेबुङ इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा न. ५ मा पर्छ । यो पवित्र  स्थलले किरातीहरूको लोप हुन लागेको अस्तित्व र इतिहासलाई  पुनःउत्थान  गर्दै लैजाने गर्छ । जहाँ  प्रत्येक वर्ष माङगेन्ना सेवा र याक्वा सेवा भव्यताकोसाथ सम्पन्न हुन्छ ।   सम्पूर्ण मानव जगतलाई सत्यको झण्डामुनि गोलबन्द गराई संसारलाई […]

कविता मिक्लाजोङ पहाड र सिंहदरबार युगौँ देखि उस्तैगरी उभिएको छ, यो मिक्लाजोङ पहाड। आदिवासी बादलको आँचलले फेरो लगाइरहन्छ फुल्छन् जीवनको रंग जस्तै फुलहरु पंक्षीको माधुर्य धुन कस्तरी, आँटेको होला जिवन्त विविधता यो पहाडमा ? मुन्धुममा वर्णित जलप्रलयपछी लेप्मुहाङले कसरी बचाउन सकेछन् सबैको साझा अस्तित्व? ओ हौ, शासक हुनु त त्यस्तो पो! युगौँ देखि उस्तैगरी उभिएको […]

रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा बलिहाङ तङनाम विशेष गीत ‘लारिङ्गे’ सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर सार्वजनिक गरिएको गित ‘लारिङ्गे’मा गायक तथा संगीतकार यादन सेर्मा नुनाम र गायिका थाङगुरी लाआोती आवाज रहेको छ । अम्मर तुम्याहाङको शब्दमा यादनकै संगीत रहेको भिडियोमा मिना नेम्वाङ, युगल योङहाङ, एम.के. योङहाङ र राजकुमार लिम्बूले अभिनय गरेका […]

फुङ्लिङ । ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ । फुङ्लिङ नगरपालिका–११ बमबहादुर भट्टराईले अलैँची बगानमा किवी खेती विस्तार गदै लैजानुभएको छ । उहाँले भन्नुभयो,“अलैँचीको विकल्पका रुपमा किवी खेती विस्तार गर्दै लगेको छु ।” अलैँचीमा विभिन्न रोग […]

धेरै वर्ष पहिलेको कुरा हो। लक्का जवान भएको आफ्नो छोरा असोमालाइ बिहे गरि दिने बाबु आमाको सोच आयो। असोमाको सारै मिल्ने साथी ‘फा’ थियो। बाबु आमाले बिहे गरिदिने इच्छा मुताबिक ‘सिम्बोसा’ हेर्न असोमा र फा बाटो लागे। सिम्बोसा हेर्दै जाँदा लेकतिर पुगे जहाँ थोक्फेला बस्ने गर्दथ्यो। तिनै थोक्फेलालाई देखाउदै फाले आफ्नो साथी असोमालाइ भन्यो, ‘ल […]

माङसेबुङ ।  किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द  ‘सेइङ’ ज्यूको ७० औं जन्मोत्सवको अवसरमा इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा ८ मंसिरदेखि सञ्चालन हुने “आत्मानन्द कप”  पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । रंगशालामा सरसफाई र प्याराफिट निर्माण कार्य सोबारदेखि सुरु गरिएको आत्मा पवित्र हक्चात यक्चुमका  अध्यक्ष मनकुमार आङ्बुहाङ लिम्बुले जानकारी दिए । […]

माङ्सेबुङ । आशीर्वाद  माङ्लाई माग्न जान्नुपर्ने किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्यूले आशीर्वचनमा सो कुरा बताउनु भएको छ । आइतबार गुरु निजि कृषि समितिको आयोजनामा माङ्सेबुङ ५ अवस्थित निजि गुरु आश्रम लारुम्बामा भएको राष्ट्रिय विभूती, महान समाज सुधारक , मुहिङगुम अङ्सीमाङ महागुरु फाल्गुनन्द १३९ औं जयन्तीको पावन अवसरमा २४,२५ र २६ गते आयोजित […]

इलाम ।  संयुक्त राज्य अमेरिकास्थित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती भव्यताकासाथ  मनाएइको छ । अमेरिकाकाको विभिन्न प्रान्तहरुमा किरात धर्मावलम्बीहरुले कातिक २५  गते  november 11, 2023 मा महागुरु फाल्गुनन्द जन्मजयन्तीको पावन अवसरमा सेवा पूजा , शुभकामना आदानप्रदान , सास्कृतिक एवं  खेलकुद लगायत विविध कार्यक्रमको आयोजना  गरी महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती भव्यताकोसाथ मनाईएको हो […]

फाकफोकथुम । किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङ्सीमाङ महागुरु फाल्गुनन्द लिङदेन १३९ औ जन्मजयन्ती इलामको आमचोकमा मनाइएको छ । फाकफाेकथुमकाे केन्द्र आमचोक रातमाटेमा श्री सिद्ध किरात हाङसाम युमा माङहिममा महागुरु फाल्गुनन्दकाे जन्मजयन्ती भव्यताकासाथ मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि फाकफाेकथुम गाउँपालिका वडा नम्बर -३, का  अध्यक्ष दिपेन्द्र थेगिमले महाबत्तीमा दिपप्रज्वलन गरी […]