विश्वमा अशान्तिलाई शान्त पार्ने मूल मन्त्र किरात धर्ममा मात्रै रहेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भयो । अङसीमाङले भन्नु भयो, ‘अमेरिकासंग मिसाइल होला, रसियासंग मिसाइल होला तर, पृथ्विमा ठुलो आगो लागेर आयो भने महागुरुले दिनु भएको मन्त्र छ , यसले मात्र मानव सेवा र शान्ति दिन्छ ।’ मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ […]
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ ज्युले एकता भए विश्वलाई नै संचालन गर्ने नयाँ दर्शन दिन आएको बताउनु भएको छ । इलामको माङसेबुङ ५ स्थित किरात हाङ्साम मुजोत्लुङ माङहिमको कार्यक्रम प्राङ्गणमा मुहिङगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ७० औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना महान सेवा समारोह कार्यक्रमको दोस्रो दिन १९ […]
माङसेबुङ । माङसेबुङ इक्ला मातृभाषा गायन प्रतियोगिताको विजेता इलामका दिनेस योङहाङ बनेका छन् । प्रतियोगिताको उप विजेता इलामकै सान्ता फियाक बनेकी छन् । माङसेबुङमा सम्पन्न वृहत सांस्कृतिक कार्यक्रममा प्रतियोगिताका उत्कृष्ट चार जनाको प्रस्तुतिका आधारमा निर्णायकहरुद्धारा विजेता र उप विजेता छनौट भएका हुन् । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा […]
माङसेबुङ : नेपालकै पहिलो किरात लिपि र लिम्बू भाषाको समाचारमूलक अनलाइन पत्रिका इलामबाट सुरु गरिएको छ । मंगलबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको हस्तबाहुलिबाट www.mangsebung.com लेखिएको ब्यानर खोलेर अनलाइन पत्रीकाको उद्घाटन गर्नुभएको थियो । किरात लिम्बू भाषामा समाचार सामग्री प्रकाशन गर्नेगरी पत्रिका सुरु गरिएको सम्पादक सुनिल सेर्माले बताउछन् […]
माङसेबुङः किरात कम्युनिटि अर्गनाइजेसन अफ अमेरिकाद्धारा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ ७० औं शुभजन्मोत्सवको अवसरमा शुभकामना पठाएका छन् । अमेरिकामा रहेका किरात धर्मवलम्बीहरुको केन्द्रीय साझा संगठन किरात कम्युनिटि अर्गनाइजेसन अफ अमेरिकाले अङसीमाङ तथा अङसीमामाङहरुको नोमाङगेन्नामा शुभकामना पत्र पठाएका हुन । शुभकामना पत्र
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ ज्युले खेलकुद नालिगेन थाङबेनहरुको चोत्लुङ रहेको बताउनु भएको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा १६ औ संस्करण आत्मानन्द कपको फाइनल खेलमा आयोजित कार्यक्रममा आइतबार अङसीमाङले आशीर्वचन प्रदान गर्ने क्रममा सो कुरा बताउनु भएको हो । भिडिओ हेर्नुहोस
इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आज सोमबार इलामको माङसेबुङ आउने भएका छन् । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ ‘को ७० औं जन्मोत्सव तथा अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना महान सेवा समारोह कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन मन्त्री किराती माङसेबुङ आउने भएको हो । यसअघि समारोहको लागि प्रधानमन्त्री […]
माङसेबुङ । इलामको माई नगरपालिकाले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ शुभजन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । माई नगरपालिकाका अध्यक्ष खम्बासिंह योङहाङले जारी गरेको सूचना अनुसार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सवको अवसरमा मंसिर १८ गते सोमबारका दिन स्थानीय विदा घोषणा गरिएको हो । गाउँपालिकाभित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी […]
माङसेबुङ । १६ औ आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधि तिजोक युवा क्लब पाँचथरले जितेको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको देव उपस्थितिमा आजको फाइनल खेल भएको थियोे । माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा आइतबार भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोक पाँचथरले […]
माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (आइतबार) माङसेबुङ गाउँपालिका इलाम र तिजोक युवा क्लब पाँचथर प्रतिस्पर्धा गर्दैछन् । इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने आजको फाइनल खेलमा माङसेबुङ र तिजोक पाँचथर उपाधीको लागि भिड्ने भएको हो । फाईनल खेल अपरान्ह साढे दूई बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ३ […]