(वि.स. २०७९ साल कार्तिक २६ गते इलामको माङसेबुङस्थित निजी गुरु आश्रममा आयोजित किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १३८ औं जन्मजयन्ती कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको आशीर्वचनको सम्पादित अंश ।) ओत तागेरा निङ्वाभू माङे सेवारो ! श्रद्धालु भक्तजनहरु आज अमेरिका, अष्टेलिया, इङ्ल्याण्ड र भारतका विभिन्न ठाउँ […]
दमक । झापाको माइ पश्चिम तथा इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकको साझा संस्था पत्रकार मञ्च दमकको आयोजनामा ३ दिने मोबाइल पत्रकारिता तालिम हुने भएको छ । आज असार ७ देखि ९ गते सम्म झापाको दमक ८ स्थित मञ्चको सभाहलमा तालिम सञ्चालन हुने भएको हो । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने तालिममा माङसेबुङ स्थायी घर भई […]
याक्थुङ लिम्बु चलचित्रकर्मीहरुको साझा छाता संगठन याक्थुङ मुन्चईत चोक सयङको अध्यक्षमा सागर केरुङ निर्वाचित भएका छन् । मंगलबार र बुधबार काठमाडौंस्थित् चुम्लुङहिममा सम्पन्न याक्थुङ मुन्चईत चोक सयङको चौथो राष्ट्रिय महाधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व कुलपति बैरागी काइलाको प्रमुख आतिथ्यमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित उपाध्यक्षमा बबिता फोम्बो, […]
माङसेबुङ । ताप्लेजुङको पाथीभरायाङवरक गाउँपालिकास्थित मुकुम्लुङ क्षेत्रमा वृक्षारोपण अभियानको पहिलो दिन करिब ६ हजार बिरुवा रोपिएको छ । मुकुम्लुङ संयुक्त संर्घष समितिको आयोजनामा शुरु गरिएको २० हजार भन्दा बढी बिरुवाको वृक्षारोपण अभियानको पहिलो दिन बिहीबार ६ हजार विरुवा रोपिएका हुन् । संघर्ष समितिले जेठ ३१ र ३२ गते बृहत वृक्षारोपण आयोजना गर्ने कार्यक्रमसँगै विहिबार गुरासँका […]
काठमाडौं । याक्थुङ मुन्चइत् चोक सयङ केन्द्रीय समितिको आयोजनामा ५ दिने समुदायमा आधारित लिम्बु चलचित्र निर्माण कार्यशाला हुने भएको छ । काठमाडौं ८, भंगालस्थित किरात याक्थुङ चुम्लुङहिममा भोलि असार १ देखि ५ गतेसम्म सो कार्याशाला आयोजना हुने भएको हो । सयङका सदस्य सागर केरुङका अनुसार उक्त कार्यशालामा बरिष्ठ निर्देशक नविन सुब्बा, चलचित्र वितरक मनोज राठी, […]
माङसेबुङ । ताप्लेजुङको मुक्कुमलुङमा याक्वा सेवासँगै २० हजार रूख विरुवा रोपिन्दै छ । मुक्कुमलुङ संयुक्त संघर्ष समिति तथा केलवकार खारेजी संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र ३२ गते दूई दिन (बिहिबार र शनिबार) थक्लाङ यक्वा सेवा तथा वृक्षारोपण कार्यक्रममा २० हजार रूख विरुवा रोपिन लागेका हुन् । केवलकार निर्माण कम्पनीले गत वैशाख ३१ […]
माङसेबुङ । किरात याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयन गराउन दबाव दिँदै प्रदेश न. १ सरकारलाई प्रारुप प्रस्तावना बुझाइएको छ। किरात प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिमण्डल लगायतका टोलिले आज बुधबार प्रदेश सरकारलाई किरात याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनको प्रारुप प्रस्तावना बुझाएको हो । प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री राम राना,सामाजिक विकासमन्त्री […]
२ सय ४५ परिक्षार्थीले लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड द्वारा संचालित लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षा लेखेका छन् । बोर्डले शैक्षिक सत्र २०८० को कक्षा–१२ को परीक्षा शुक्रबार र कक्षा–११ को परिक्षा शनिबार संचालन गरेको परिक्षामा २ सय ४५ जनाले परीक्षा लेखेको लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डका परिक्षा नियन्त्रक अमिता […]
मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा नम्बर -१ पाटी गाउँ अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा पन्ध्र दिनकी सुत्केरी महिला गरिमा लिम्बूले लिम्बू भाषा कक्षा ११ को परीक्षा दिएकी छन् । लिम्बू भाषा माध्यमिक शिक्षा परिषद बोर्डले जारी गरेको परिक्षा तालिका अनुसार आज शनिबार धनकुटाको चौविसे गाउँपालिका वडा नं. ६ का गरिमा लिम्बूले मोरङको पाटीस्थित सरस्वती माबि परिक्षा केन्द्रबाट […]
झापाको दमकस्थित तुमिरो क्याफेमा ‘किरात इत्नाम’ को दोस्रो शृङ्खला किरात साम्जीक मन्धुममा योग अभ्यास र ध्यान सम्बन्धी अन्तरकृया कार्यक्रम हुने भएको छ । मुन्धुम अध्येता तथा साहित्यकार हरि हुक्पाचोङबाङद्वारा प्रस्तुत हुने मुन्धुममा योग अभ्यास र ध्यान बारेमा छलफल गर्ने उद्देश्यकासाथ भोलि शनिबार दमकको तुमिरो क्याफेको हलमा अन्तरकृया कार्यक्रम सम्पन्न हुने भएको हो । यस कार्यक्रमको […]