वेलायतको आस्फोर्ड केन्टमा साक्मुरा वादेम्मा उभौली याक्वा सेवा हुँदै

युके ।  किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा बेलायतको आस्फोर्ड केन्टमा बिगत झै बार्षिक साक्मुरा लुङहि वादेमा,आप्लुङगेन ताङसेप चोमेन तथा उभौली याक्वा सेवा ३१ मे २०२५ मा हुने निश्चय भएको छ ।

हरेक बर्ष युके भरि छरिएर बसेबासा गर्दै आएका किरात धर्मलवम्बीहरुको बाक्लो उपस्थितिमा बेलायका विभिन्न स्थानमा
बार्षिक आप्लुङगेन्न ताङसेप चोमेन सेवा निरन्तर गर्दै आएको छ । भने यो पालि पहिलो पटक युके भरिका किरात धर्मलवम्बीहरुको सभागितामा आस्फोर्ड केन्टमा हुने भएको हो ।

Advertisement

महान समाज सुधारक ,राष्ट्रिय विभुती लिङदेन महागुरु फाल्गुनन्द लिङदेनज्युको सत्य मार्ग दर्शन साथै वर्तमान किरात धर्मगरु गुरुमाताहरुको आज्ञालाई आत्मा साथ गर्दै किरात साम्जीक,मुन्धुम र संस्कार अनुरुप आप्लुङगेन्न ताङसेप चोमेन,साक्मुरा वदेमा साथै उभौली याक्वा सेवा तथा विश्व शान्ती मानव एकता सकल प्राणी रक्षार्थका निम्ती विशेष नाम्धुङ,लाधुङ सेमि सेवा हुने किरात साम्यो माङसेवा साबा पान्जुभोका अध्यक्ष मंगल सिं लिङदेनज्युले जानकारी गराएका छन ।

बेलायतमा किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समितिको आयोजना गर्दै आएको ठुला कार्यक्रम मध्ये बार्षिक सामुहिक साक्मुरा लुङहि वदेमा ताङसेप चेमेन तथा उभौली याक्वा सेवा पनि हो । यो यश सेवा कार्यक्रममा विभिन्न सामाजिक,धार्मिक,जातीय
संघ,संस्थाहरुलाई पनि निमन्त्रणा सेवा कार्यक्रम संचालन गर्दै आएको र यो पालि हुने बार्षिक सामुहिक साक्मुरा लुङहिवदेमा उभौली सेवा पनि यसरी नै भब्य रुपमा सम्पन्न गरिने किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङ बताउ छन ।

२००९ सालमा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको स्थापना भए देखि यता निरन्तर रुपमा किरात साम्जिक मुन्धुम हाबेक,कर्म,संस्कार अनुसार विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थका निम्ति बेलायतको विभिन्न स्थानमा संस्थाले आयोजना गर्दै आएको छ । महान समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको जन्म जयन्ती,बार्षिक साक्मुरा वदेमा उभौली याक्वा सेवा र सामुहिक माङगेन्ना सेवा जस्ता महत्पुर्ण कार्यक्रम आयोजना गर्दै आएको छ ।

यस्ता कार्यक्रमहरुले लामो समय देखि बेलायतको बिबिध क्षेत्रमा बसोबास गर्दै आएको तर भेटघाट कहिले हुन नसकेका किरात धर्मलवम्बिहरु विच सामिप्य बडने गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु