युके । किरात साम्यो माङसेवासाबा पान्जुम्भो युके गठन भएको छ । गत १८ मे २०२५ मा साम्दाङगेन्न वरुमसाबा मंगलसिं लिङ्देनको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन भएको हो ।
उपाध्यक्षमा डा.कमला आङदेम्बे,आशा थोप्रा,तिल विक्रम लाओती ,मुक्ति खालिङ निर्वाचित भएका छन । सचिवमा सिक्कुम ज्ञानु फुरुम्बो चरपे सहसचिवमा टेक माबोहाङ निराज, लाल लिङदेन त्यसै गरि कोषध्यक्षमा रनसिं माबो सहकोषध्यक्षमा चन्द्रकला आवाजङ चयन भएका छन् ।
Advertisement
त्यस्तै सदस्यहरुमा मनि चोङबाङ,चुन बहादुर लिङदेन ,हस्ता कला थाङदेन, गंगा माया योङहाङ, सीता थेबे, देबिन्द्र सेर्मा, मनमाय लिम्बू,राज कुमार नुगो,काजीमान ओख्राबु,सरद वरुमहाङ,कल्पना वरुमहाङ, चयन भएका छन ।
त्यस्तै सल्लाहकारमा राम कुमार सिंथेबे,तेज मेन्याङबो,काजीमान नुगो र भक्त लाबुङ चयन भएका हुन । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङको प्रमुख आतिथ्य साथै किरात साम्यो माङसेवासाबा पान्जुम्भोका केन्द्रीय सदस्य राम कुमार सिंथेबेको विशेष आतिथ्यमा किरात साम्यो माङसेवासाबा पान्जुम्भो युके गठन गरिएको हो ।
उक्त गठित समितिहरुलाई प्रमुख अतिथि,विशेष अतिथिहरुबाट कार्यसफलताको शुभकामनासहित साम्दाङगेन्न वरुमसाबा तेज बहादुर मेन्याङबोले सफत ग्रहण गराएका थिए । किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुभो केन्द्रीय समितिको पत्रचार अनुसार किरात साम्यो माङसेवासाबा पान्जुम्भो युके समिति गठन गरिएको हो । वेलायतमा विगत लामो समयदेखि माङसेवासाबाहरुको आबद्व संस्था गठन नभएता पनि माङसेवासाबा र माङसेवासामाहरुको सक्रियता भने उतिकै हुँदै आएको थियो । अब भने समिति गठनसंगै माङसेवासाबा माङसेवासामाहरुले महागुरु फाल्गुनन्द लिङ्देनका सत्य मार्ग दर्शन र वर्तमान किरात धर्म गुरुगुरुमाताज्युहरुको आज्ञालाई आत्मासाथ गर्दै किरात धर्म र साम्जिक मुन्धुमलाई विश्वव्यापी रुपमा प्रचार,प्रसार गर्दै विश्व शान्ति मानव एकता जगत प्राणी रक्षार्थका लागि अहोरात्र लाग्ने छन् ।






















